मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

सिटिजन लाइफले १ करोड कित्ता प्रिमियममा आईपीओ जारी गर्ने

मंगलबार, असार १९ २०८०
सिटिजन लाइफले १ करोड कित्ता प्रिमियममा आईपीओ जारी गर्ने

कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड ५० लाख रूपैयाँ रहेको छ। प्राथमिक सेयर निष्कासनपछि चुक्ता पुँजी तीन अर्ब ७५ करोड पुग्नेछ।

काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा साधारण सेयर (आईपीओ) निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

कम्पनीले एक सय रूपैयाँ अंकित दरमा १ सय ४४ रूपैयाँ प्रिमियम थप गरी २ सय ४४ रूपैयाँ अंकित दरमा आईपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको हो।

कम्पनीले १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ बिक्रीका लागि अनुमति पाएको हो। कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड ५० लाख रूपैयाँ रहेको छ। प्राथमिक सेयर निष्कासनपछि चुक्ता पुँजी तीन अर्ब ७५ करोड पुग्नेछ। कम्पनीलाई ५ अर्ब पुर्‍याउन जम्मा एक अर्ब २५ करोड भए पुग्नेछ। 

 


प्रकाशित : मंगलबार, असार १९ २०८००६:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend