मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

साताको दोस्रो कारोबारमा पनि सेयर बजारमा देखिएन सुधार, २१ अंकले घट्दा चार अर्बको कारोबार

सोमबार, असार १८ २०८०
साताको दोस्रो कारोबारमा पनि सेयर बजारमा देखिएन सुधार, २१ अंकले घट्दा चार अर्बको कारोबार

सोमबार २१.३२ अंकले घटेर बजार २०७५.९७ बिन्दुमा पुगेको छ। ४१ कम्पनीको सेयर मूल्य बढेको बजारमा चार अर्ब ५ करोड १० लाख ७८ हजार रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- अघिल्लो साता लगातार बढेको सेयर बजार यो साता भने निरन्तर ओरालो लागेको छ। 

साताको पहिलो कारोबारमा आइतबार ठूलो गिरावट देखिएको बजार सोमबार पनि बढ्न सकेन। सोमबार २१.३२ अंकले घटेर बजार २०७५.९७ बिन्दुमा पुगेको छ। ४१ कम्पनीको सेयर मूल्य बढेको बजारमा चार अर्ब ५ करोड १० लाख ७८ हजार रूपैयाँको कारोबार भएको छ। १ सय ७४ कम्पनीको सेयर मूल्य घट्दा १० कम्पनीको भने स्थिर रह्यो। 

आइतबार ५३.७० अंकले घटेर बजार २०९७.२९ बिन्दुमा पुग्दा ५ अर्ब ८ करोड रूपैयाँको कारोबार भएको थियो। सोमबार भने कारोबार रकममा पनि गिरावट आएको छ। 

उचाइतर्फ जाने संकेत गरेको सेयर बजार पुन: उतारचढावकै अवस्थामा देखिएको छ। अहिलेको अवस्थामा लगानीकर्ताहरू पर्ख र हेरको सोचमा रहेको र मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा रहेकाले बजारले उचाइको लय नलिएको विश्लेषकहरू बताउँछन्। अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्।स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा छन्।

लगानीकर्ताले नीतिगत साथ पाए बजारले पुन: उचाइको बिन्दु लिनसक्ने विश्लेषकहरू बताउँछन्। अहिलेको वृद्धिले नै उचाइतर्फ संकेत गरिरहँदा अब मौद्रिक नीतिमार्फत पनि साथ मिले बजार पुन: ३२०० को बिन्दुतर्फ लाग्ने उनीहरूको भनाइ छ। 


प्रकाशित : सोमबार, असार १८ २०८००९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend