मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

बैंकिङ प्रणालीमा निक्षेप ५६ खर्ब

सोमबार, असार १८ २०८०
बैंकिङ प्रणालीमा निक्षेप ५६ खर्ब

काठमाडौं- बैंक तथा वित्तीय संस्थामा ५५ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप पुगेको छ। पछिल्लो समय निक्षेप बढ्न थालेसँगै बैंक तथा वित्तीय संस्थामा ५५ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप पुगेको हो। यता ऋण लगानी ४८ खर्ब ५९ अर्ब पुगेको छ।

चालु पुँजीकर्जा मार्गदर्शन २०७९ कार्यन्वयनमा आएपछि ऋण तिर्न ऋण लिने परिपाटी अन्त भएसँगै निक्षेप थुप्रिएको अनुमान गरिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार निक्षेप ५५ खर्ब ९९ अर्ब पुगेको छ। 

कर्जाको माग कम भई निक्षेपमा बढ्दै जाँदा कर्जा-निक्षेप अनुपात सीडी रेसियो ८३.६२ प्रतिशतमा आइपुगेको छ। बैंक तथा वित्तीय संस्थाको कर्जा-निक्षेप अनुपातको ९० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ। बैंक तथा वित्तीय संस्थामा ६.३८ प्रतिशत ऋण दिन सक्ने क्षमता देखिन्छ। अन्तरबैंक ब्याजदर ५ प्रतिशत रहेको छ। 

चालु आर्थिक वर्ष सकिन केही दिन बाँकी रहँदा बैंकवित्तहरू कर्जा असुलीमा सक्रियता छन्। सोही कारण असार मसान्त सकिन केही दिन मात्र बाँकी रहँदा बैंक तथा वित्तीय संस्थाहरू कर्जा असुलीमा सक्रियता बढाउँदा निक्षेप थुप्रिएको हो। 

 


प्रकाशित : सोमबार, असार १८ २०८००४:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend