शनिबार, असार २१ गते २०८२    
शनिबार, असार २१ २०८२
images
images

सेयर बजारले लिन सकेन लय, राताम्य बजारमा मौद्रिक नीति पर्खंदैछन् लगानीकर्ता

images
आइतबार, असार १७ २०८०
images
images
सेयर बजारले लिन सकेन लय, राताम्य बजारमा मौद्रिक नीति पर्खंदैछन् लगानीकर्ता
images
images

काठमाडौं- उचाइतर्फ जाने संकेत गरेको सेयर बजार पुन: उतारचढावकै अवस्थामा देखिएको छ। अहिलेको अवस्थामा लगानीकर्ताहरू पर्ख र हेरको सोचमा रहेको र मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा रहेकाले बजारले उचाइको लय नलिएको विश्लेषकहरू बताउँछन्। 

images
images

यो साता पहिलो कारोबारमा आइतबार बजारमा ठूलो गिरावट देखियो। ५३.७० अंकले घटेर बजार २०९७.२९ बिन्दुमा झरेको छ। १८ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ५ अर्ब ८ करोड रूपैयाँको कारोबार भएको छ। आइतबार २ सय ७ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ। 

images
images

गएको साता आइतबार ६२.२१ अंकको वृद्धि आएको बजारमा सोमबार पनि ११.६९ अंकको वृद्धि देखिएको थियो। मंगलबार ५६.९४ अंकले बढेको बजार गएको साताको अन्तिम कारोबारमा बुधबार भने ३५.३७ अंकले घटेर २१५०.९९ बिन्दुमा पुगेको थियो। 

images
images
images

अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा छन्। लगानीकर्ताले नीतिगत साथ पाए बजारले पुन: उचाइको बिन्दु लिनसक्ने विश्लेषकहरू बताउँछन्। अहिलेको वृद्धिले नै उचाइतर्फ संकेत गरिरहँदा अब मौद्रिक नीतिमार्फत पनि साथ मिले बजार पुन: ३२०० को बिन्दुतर्फ लाग्ने उनीहरूको भनाइ छ। 

अर्थतन्त्रका सबै पाटा केलाउँदै सरकारले सार्वजनिक गर्ने वित्तीय नीतिलाई पनि आधार बनाएर मौद्रिक नीतिले अर्थतन्त्रको सन्तुलन कायमै राख्नका लागि नीति तर्जुमा गर्ने काम गर्छ। जसमा मौद्रिक नीतिका व्यवस्थाले सेयर बजार प्रत्यक्ष प्रभावित हुने गर्छ। यसैले पनि यसपटक मौद्रिक नीतिले साथ दिन्छ कि दिँदैन भन्ने पर्खाइमा लगानीकर्ता रहेको विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : आइतबार, असार १७ २०८००९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend