शुक्रबार, असोज ४ गते २०८१    
images
images

पर्यटन बोर्डका सीईओ रेग्मीसँग मन्त्रीले गरे सोधपुछ

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक २२ २०७८
images
images
पर्यटन बोर्डका सीईओ रेग्मीसँग मन्त्रीले गरे सोधपुछ

आलले मन्त्रालयमै बोलाएर घटनाको विषयमा सोधपुछ गरेका हुन्।

images
images

काठमाडौं- नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मीसँग त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलका भएको घटनाको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सोधपुछ गरेका छन्। 

images
images
images

आलले मन्त्रालयमै बोलाएर घटनाको विषयमा सोधपुछ गरेका हुन्।

लण्डनबाट नेपाल फर्कने क्रममा रेग्मीले विमानस्थल भन्सार कार्यालयका कर्मचारीलाई हातपात गरेका थिए। हातपातपछि उनलाई विमानस्थल भन्सार कार्यालयले ५ हजार रुपैयाँ जरिवाना तिराएर छाड्को थियो।

विमानस्थल भन्सार कार्यालयका कर्मचारीले उनको साथमा रहेको ६  बोत्तल मदिरा क-कसो हो भनेर प्रश्न गर्दा 'हात हालाहाल' भएको रेग्मीले दाबी गरेका छन्। 

images

रेग्मीले आफूले पर्यटन मन्त्री आले र सचिव यादवप्रसाद कोइरालालाई शनिबार लण्डनबाट फर्कने क्रममा भएको घटनाको सत्य तथ्य जानकारी गराएको स्वीकार गरे।

विमास्थलमा रहेको भन्सारका कर्मचारीले अभद्र व्यवहार गरेपछि धकेलाधेकेल भएको उनको तर्क छ। 

कर्मचारीसँग विवाद भएपछि भन्सारले उनलाई ५ हजार रुपैयाँ जरिवान तिराएर छाडेको थियो।


प्रकाशित : सोमबार, कात्तिक २२ २०७८०८:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend