बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

हवाई सुरक्षामा लापरबाही गरेकाे भन्दै प्राधिकरणले श्री एयरलाइन्सका जहाजमा लगायाे उडान प्रतिबन्ध

शनिबार, असार १६ २०८०
हवाई सुरक्षामा लापरबाही गरेकाे भन्दै प्राधिकरणले श्री एयरलाइन्सका जहाजमा लगायाे उडान प्रतिबन्ध
फाइल तस्बिर

काठमाडौं- हवाई सुरक्षामा गम्भीर लापरबाही गरेकाे भन्दै नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाज ग्राउन्डेड गरेकाे छ।

शनिबार काठमाडौंबाट धनगढीतर्फ उडान भरेकाे जहाजमा प्राविधिक समस्या आएपछि पुन: काठमाडौं फर्किएकाे थियाे। काठमाडौंबाट ३:३० बजे उडेको जहाजमा प्राविधिक समस्या देखिएका कारण धनगढीमा अवतरण हुन नसकेपछि डेढ घण्टामा पुनः काठमाडौं नै फर्किएको थियाे।

उडान नम्बर २२५ काे जहाजमा केही प्राविधिक समस्याले फर्किएकाे बताउँदै एयरलाईन्सले उडान स्थगित गरेकाे जनाउ दिएपनि प्राधिकरणले सबै जहाजकाे चेकजाँच गरेपछि मात्रै उडान गर्न निर्देशन दिएपछि जहाज ग्राउन्डेड गरिएकाे हाे। एयरलाइन्सले पनि १८ गतेसम्म सबै प्राविधिक जाँच गरेर जहाज उडान गर्ने बताएकाे छ।

प्राधिकरणले बारम्बार गल्ती दाेहाेर्याउने काम गरेकाे भन्दै आइतबारदेखि उडानमा प्रतिबन्ध लगाउदै चारवटै जहाज ग्राउन्डेड गर्दिएकाे हाे। गत जेठ २३ गते पनि काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि गन्तव्य नपुगि बाटोबाटै जहाज काठमाडौं फर्किएको थियाे।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार काठमाडौं-धनगढी उडानको ड्यास आठ ९-८० जहाज विमानस्थलबाट उडेर ५० माइल पुगेपछि जहाजको ‘प्रेसराइजेसन सिस्टम’ बिग्रिएको संकेत विमानचालक (पाइलट) ले पाएपछि जहाज काठमाडौं फर्किएको थियो।

गत फागुनमा पनि जहाजमा समस्या आएपछि सबै जहाज प्राधिकरणले उडान प्रतिबन्ध लगाएकाे थियाे। 


प्रकाशित : शनिबार, असार १६ २०८०१७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend