मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

सेयर कित्ता बढाएर आईपीओ निष्कासन गर्न डिस मिडियाले पुनः दियो निवेदन

१ करोड ३५ लाख कित्ता सेयर जारी गर्ने 

शनिबार, असार १६ २०८०
सेयर कित्ता बढाएर आईपीओ निष्कासन गर्न डिस मिडियाले पुनः दियो निवेदन

कम्पनीले १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा असार १२ गते निवेदन दिएको हो।

काठमाडौं- डिस मिडिया नेटवर्क लिमिटेडले सेयर कित्ता बढाएर आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा पुन: निवेदन दिएको छ। कम्पनीले १ करोड ३५ लाख ८४ हजार ९५५ कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा असार १२ गते निवेदन दिएको हो।

यसभन्दा अगाडि कम्पनीले २०७७ असार ३० गते २३ लाख ८५ हजार ९२९ कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको थियो। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

सेबोनबाट आईपीओ निष्कासन गर्न स्वीकृती पाएपछि पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि निष्कासन गर्नेछ भने त्यसपछि सर्वसाधारणको लागि निष्कासन गर्नेछ।


प्रकाशित : शनिबार, असार १६ २०८०१२:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend