बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

प्राविधिक समस्या देखिएपछि काठमाडौं नै फर्कियो धनगढी उडेको श्री एयरलाइन्सको जहाज

शनिबार, असार १६ २०८०
प्राविधिक समस्या देखिएपछि काठमाडौं नै फर्कियो धनगढी उडेको श्री एयरलाइन्सको जहाज
फाइल तस्बिर

जहाज अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण भइसकेको छ। 

काठमाडौं- काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाज पुनः काठमाडौं नै फर्किएको छ। 

काठमाडौंबाट ३:१५ बजेतिर उडेको जहाजमा प्राविधिक समस्या देखिएका कारण धनगढीमा अवतरण हुन नसकेपछि डेढ घण्टामा पुनः काठमाडौं नै फर्किएको हो। 

जहाज अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण भइसकेको एक यात्रुले बताए।

जहाजका यात्रुलाई अहिले अर्को जहाजमार्फत पुन: धनगढी लैजाने तयारी छ। 

shree air.jpg


प्रकाशित : शनिबार, असार १६ २०८०१२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend