शुक्रबार, असोज ४ गते २०८१    
images
images

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

images
शनिबार, असार १६ २०८०
images
images
पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

सडक अवरुद्ध हुँदा बेनीबाट मुस्ताङतर्फ र मुस्ताङबाट म्याग्दी हुँदै देशका विभिन्न ठाउँमा जान हिँडेका सवारीसाधन बीच बाटोमै रोकिएका छन्।

images
images

म्याग्दी- जिल्लाको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक अवरुद्ध बनेको छ। 

images
images
images

म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरी र अन्नपूर्ण गाउँपालिका-२ भुरुङ-तातोपानीमा खसेको पहिरोका कारण ७६ किलोमिटर दुरीको बेनी-जोमसोम सडकमा आज बिहानदेखि सिधा यातायात सेवा अवरुद्ध बनेको हो। 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेन्द्र पौडेलले सडक अवरुद्ध हुँदा बेनीबाट मुस्ताङतर्फ र मुस्ताङबाट म्याग्दी हुँदै देशका विभिन्न ठाउँमा जान हिँडेका सवारीसाधन बीच बाटोमै रोकिएको बताए। उनका अनुसार बेनी नगरपालिका-४ र मंगला गाउँपालिका-२ को सिमानामा पर्ने फापरखेतको घुमाउने भिरमा खसेको पहिरोका कारण बेनी-दरबाङ सडक पनि अवरुद्ध बनेको छ। बेनी-दरबाङ म्याग्दीको मंगला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने सडक हो।

बेनी-जोमसोम-कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले निरन्तरको झरी र पहिरो नरोकिएकाले सडक खुलाउन समस्या भएको बताए। आयोजना र निर्माण कम्पनीका उपकरण परिचालन गरिए पनि निरन्तरको झरी र पहिरो खसिरहने भएकाले समस्या भएको शेरचनले बताए। रासस

images


प्रकाशित : शनिबार, असार १६ २०८००७:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend