शुक्रबार, असोज ४ गते २०८१    
images
images

कुनै पक्ष-विपक्ष, घराना नहेरी अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक छ : अर्थमन्त्री महत

images
शनिबार, असार १६ २०८०
images
images
कुनै पक्ष-विपक्ष, घराना नहेरी अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक छ : अर्थमन्त्री महत

जनता र देशलाई केन्द्रमा राखेर आफूले बजेट प्रस्ताव गरेको अर्थमन्त्री प्रकाशशरण महतले बताए।

images
images

पोखरा- अर्थमन्त्री डा. प्रकाशशरण महतले कसैको पक्ष, विपक्ष नहेरी अर्थतन्त्रलाई चलायमान बनाउनु अहिलेको आवश्यकता रहेको बताएका छन्। शनिबार बिहान प्रेस युनियन कास्कीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अर्थमन्त्री महतले अर्थतन्त्रलाई थप चलायमान र गतिशील बनाउन आफू लागि परिरहेको पनि बताए।

images
images
images

‘खर्च प्रकृयालाई सहज बनाउने र अनुशासन कायम गर्ने काममा म लागेको छु', उनले भने, 'कुनै दायाँबायाँ, पक्ष, विपक्ष र घराना नहेरी अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउन आवश्यक छ। जनता र देशलाई केन्द्रमा राखेर मैले बजेट प्रस्ताव गरेको छु।’ 

जुन समुदाय वा वर्गले बढी सुविधा लिइरहेका थिए, करको दायरामा आइरहेका थिएनन्, उनीहरुलाई करको दायरामा ल्याइएको र यसले राजस्वतर्फ निर्धारण गरेको लक्ष्य भेट्न सहज हुने उनको भनाइ थियो।

हाल प्रस्ताव गरिएको बजेटले अर्थतन्त्रलाई चलायमान गर्ने र देशभित्रै उद्योग व्यवसाय गर्ने प्रेरित गरेको बताएका छन्। ‘यो बजेटको लक्ष्य लोकप्रिय छ, यसले जे काम गर्न प्रस्ताव अगाडि सारेको छ, त्यसले लोकप्रिय परिणाम दिनेछ', उनले भने, 'त्यसका लागि बाटो तय भएको छ।’ 

images

समयमा ठेक्का नहुने लगायतका काम पनि निषेध गरिएको उनले बताए। उनले भने, ‘हाम्रो सिस्टमभित्र अनुशासनको कमी, समयमा निर्णय नहुने, कार्यान्वयन नहुने, समयमा ठेक्का नलाग्ने, कार्यविधि नबन्ने, जथाभावी रकमान्तर हुने कार्यलाई हामीले पूर्णरुपमा निषेध गरेका छौँ।’

अर्थमन्त्री महतले सीमित स्राेत साधनका बाबजुद पनि अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताए। 'वैदेशिक मुद्रा सञ्चिती पर्याप्त छ। पर्यटन व्यवसाय फस्टाउँदै गएको छ। यसले अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्छ। बैंकको ब्याजदरमा पनि कमी हुन थालेको छ', मन्त्री महतले भने।

बजेटले दोस्राे चरणको सुधार थाल्नुपर्ने पनि उलने बताए। ‘नेपालमा पुँजीगत खर्च नहुने अर्को ठूलो समस्या आजको वास्तविकता हो। अब यो बजेटले दोस्रो चरणको सुधार थाल्नुपर्छ। बजेट प्रकृयामा व्यापक सुधार ल्याउने, निश्चित समयभित्र ठेक्का लागिसक्नुपर्ने लगायतका कुराहरु हामीले बजेटमा उल्लेख गरेका छौँ’, उनले भने, ‘यसैका आधारमा हामीले पुँजीगत खर्च बढाउन र साधारण खर्चलाई बढ्न नदिने, करको दायरालाई वैज्ञानिक बनाउने, भ्याटले हाम्रो राजस्वको दायरा बढिरहेको थियो। पछिल्लो समय एकपछि अर्को मूल्य अभिवृद्धि कर हटाउँदै जाँदा पनि समस्या आयो। हामीले पुनः प्रवेश गराएका छौँ।’


प्रकाशित : शनिबार, असार १६ २०८००५:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend