शुक्रबार, असोज ४ गते २०८१    
images
images

नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालनमा, पटक-पटक पहिरो खस्दा चलिरहेछ बन्द हुने र खुल्ने क्रम

वैकल्पिक सडक प्रयोग गर्न आग्रह

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार १५ २०८०
images
images
नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालनमा, पटक-पटक पहिरो खस्दा चलिरहेछ बन्द हुने र खुल्ने क्रम

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङले ठूलो पहिरो पन्छाइसकिएको र खसेका पहिरा पन्छाउँदै सडक एकतर्फी सञ्चालनमा ल्याइएको बताए।

images
images

चितवन- बिहीबार मध्याह्नदेखि अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ।

images
images
images

इच्छाकामना गाउँपालिका-५ को तीन किलोमा बिहीबार दिउँसो १ बजेको समयमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो। पहिरो पन्छाएसँगै सडक एकतर्फी सञ्चालनमा आएको हो। साँझ ५ बजेदेखि एकतर्फी सवारी सञ्चालनमा आएसँगै केही बेरमा ढुंगासहित पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। सडक बन्द हुने र खुल्ने क्रम जारी रहेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङले ठूलो पहिरो पन्छाइसकिएको र खसेका पहिरा पन्छाउँदै सडक एकतर्फी सञ्चालनमा ल्याइएको बताए।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेलका अनुसार आज बिहान ८ः३० बजेदेखि दुवैतर्फबाट पहिरो पन्छाउने काम सुरु गरिएको थियो। बेलाबेलामा माथिबाट ढुंगा खसेर काममा अवरोध पुगे पनि सजगता अपनाउँदै काम गरिएको उनको भनाइ छ।

images

दुई वटा एक्साभेटर र दुई वटा लोडरले पहिरो पन्छाउने काम गरिरहेका छन्। सुक्खा पहिरो निरन्तर खसेपछि पन्छाउने काम गर्न सकिएको थिएन। सडक एकतर्फी सञ्चालनमा आए पनि सवारीको लामो लाइन भएकाले वैकल्पिक सडक प्रयोग गर्न उनले आग्रह गरे।

चौबिस घण्टाभन्दा बढी सडक अवरुद्ध हुँदा रोकिएका सवारी साधनका यात्रु गन्तव्यतर्फ लागेका छन्। एक तथ्याङ्कअनुसार उक्त सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवतजावत गर्ने गर्दछन्। रासस


प्रकाशित : शुक्रबार, असार १५ २०८०१२:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend