सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

पर्यटनमन्त्री किरातीको निर्णयमा राज्यमन्त्री सिर्पालीको असन्तुष्टी, भन्छिन्- एकलौटी गर्न खोज्दा समस्या भयो

images
शुक्रबार, असार १५ २०८०
images
पर्यटनमन्त्री किरातीको निर्णयमा राज्यमन्त्री सिर्पालीको असन्तुष्टी, भन्छिन्- एकलौटी गर्न खोज्दा समस्या भयो
images
images

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीका कतिपय निर्णयहरू विवादमा परेका छन्। मन्त्रालयबाट भएका विवादित निर्णयहरूमा प्रत्यक्ष रुपमा मन्त्री जोडिएका छन्। पर्यटनमन्त्री किरातीले पशुपति क्षेत्र विकास कोषको जग्गा हालसाविक गर्नेलगायतको निर्णय विवादमा परेको थियो।

images
images
images

यसैगरी निजी हवाई सेवा प्रदायक कम्पनी सिम्रिक एयरलाई हेलीपोर्ट निर्माण गर्न दिने विषय विवादमा परेको छ। हेलिपोर्ट निर्माणको नागरिक उड्डयन प्राधिकरणले समेत अस्वीकार गरिसकेको छ।

images
images

मन्त्री किरातीको निर्णय विवादमा पर्नुको प्रमुख कारण एकलौटी निर्णय गर्दाको परिमाण भएको पर्यटन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरी बताउँछिन्।  'मन्त्री र म एउटै पार्टीको नेता हो। साँच्चिकै भन्ने हो भने म मन्त्रीज्यू भन्दा सिनियर हो। तर उहाँले मसँग कुनै छलफल नगरी लिएको निर्णयका कारण मन्त्रालयको काममा समेत असर परेको छ', उनले भनिन्, 'मैले मन्त्री ज्यूलाई बारम्बार छलफल गरेर अगाडि बढ्दा नै जनतालाई फाइदा हुन्छ भनेर बताउँदा पनि आजसम्म कुनै छलफल हुँदैन। एकलौटी भएका निर्णयमा मैले जिम्मेवारी लिन पनि सक्दिनँ।'

images
images

तर कतिपय सुधारको काम भने भएको उनी बताउँछिन्। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट निगमको अन्तर्राष्ट्रिय उडान र पोखराको पहिलो उडानलाई भने सकारात्मक रुपमा लिनु पर्ने राज्यमन्त्री सिर्पाली बताउँछिन्। तर हेलिपोर्ट निर्माण गर्न दिने विषय र जग्गा हालसाविकको विषयमा आफूसँग कुनै छलफल नभएको उनको दाबी छ। मन्त्री तथा सचिवको छलफलबाट मात्रै निर्णय हुँदा समस्या आएको उनको बुझाइ छ। मन्त्रीले सस्तो लोकप्रियताका लागि कतिपय विषयमा हतारमा समेत निर्णय गरेको उनको भनाइ छ।

'कुनै निकायका प्रमुख तथा कसैले गल्ती गरेको छ भने उसलाई बोलाएर के भएको हो जानकारी लिने र गल्ती गरेको छ भने कानूनी दायरामा ल्याउने हो। तर यहाँ त सस्तो लोकप्रियताका लागि जे काम भइरहेको छ त्यसबाट उपलब्धी पाउनुभन्दा मन्त्रालयको काम र आफैलाई गलत बनाउन सक्ने देखिएको छ' उनले भनिन्। 

मन्त्री किरातीले आफूलाई नीतिगत रुफमा कुनै पनि छलफलमा सहभागी नगराएको राज्यमन्त्री सिर्पालीको भनाइ छ। मन्त्रालयद्वारा आयोजना गरिने विभिन्न खाले काम कारबाहीदेखि नीतिगत कुरामा समेत मन्त्री किराँतीले आफूलाई बाइपास गरी आफूखुसी काम गर्ने गर्दा समस्या आएको उनको बुझाइ छ।

‘म पनि राज्यमन्त्री हो, मन्त्रालयले गरेका राम्रा कामको जस तथा नराम्रा कामको अपजस मैले पनि लिनुपर्छ तर मन्त्रीज्यूले मलाई बाइपास गरेर एकलौटी काम गर्नुहुन्छ, यसरी कसरी काम हुन्छ?’ उनले भनिन्।


प्रकाशित : शुक्रबार, असार १५ २०८००९:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend