मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

मौद्रिक नीतिका लागि निजी क्षेत्रका संस्थासँग छलफल गर्दै राष्ट्र बैंक

बिहीबार , असार १४ २०८०
मौद्रिक नीतिका लागि निजी क्षेत्रका संस्थासँग छलफल गर्दै राष्ट्र बैंक

आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिका लागि सुझाव लिन निजी क्षेत्रका संघसंस्थासँग छलफल आयोजना गरिएको राष्ट्र बैंकले जनाएको छ।

काठमाडौं- आगामी मौद्रिक नीतिको विषयमा सुझाव लिनका लागि नेपाल राष्ट्र बैंकले आज निजी क्षेत्रसँग छलफल गर्ने भएको छ। राष्ट्र बैंकले निजी क्षेत्रका सबैजसो उद्योगी व्यवसायीका संघ संस्थाका प्रतिनिधिलाई छलफलमा बोलाएको छ।

निजी क्षेत्रका संघसंस्थासँग आगामी आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिका लागि सुझाव लिन आज छलफल आयोजना गरिएको राष्ट्र बैंकले जनाएको छ। छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ लगायत सबै संघ संगठनको प्रतिनिधित्व हुनेछ।

राष्ट्र बैंकले साउन पहिलो हप्ताभित्र आगामी आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेको छ। जसका लागि छलफलहरु तीव्र पारेको छ। 


प्रकाशित : बिहीबार , असार १४ २०८००६:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend