शुक्रबार, असोज ४ गते २०८१    
images
images

निजी विद्यालयलाई सामुदायिकसरहको तलब दिन प्रमुख शाहको निर्देशन

images
बिहीबार , असार १४ २०८०
images
images
निजी विद्यालयलाई सामुदायिकसरहको तलब दिन प्रमुख शाहको निर्देशन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले तोकेअनुसारको तलब सुविधा प्राप्त नभए महानगरपालिकाको शिक्षा विभागमा सम्पर्क गर्न निजी विद्यालयका शिक्षकलाई अनुरोध समेत गरेका छन्।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरभित्र सञ्चालित निजी विद्यालयलाई सामुदायिक विद्यालयसरहकै तलबको व्यवस्था गर्न निर्देशन दिएका छन्।

images
images
images

आज सामाजिक सञ्जालमार्फत् प्रमुख शाहले सरकारले तोकेअनुसारको तलब सुविधा प्राप्त नभए महानगरपालिकाको शिक्षा विभागमा सम्पर्क गर्न निजी विद्यालयका शिक्षकलाई अनुरोध समेत गरेका छन्।

महानगरका संस्थागत (निजी) विद्यालयका शिक्षकबाट तलबका विषयमा गुनासो आउने गरेको समेत उनले उल्लेख गरेका छन्।

‘शिक्षा ऐन, २०२८ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाइ तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ। यस्तै, काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदानलगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ', उनले भने।

images

सोहीअनुसार महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकले प्राप्त गर्ने तलब सुविधा संस्थागत विद्यालयका शिक्षकलाई पनि प्राप्त गराउन प्रमुख शाहले निर्देशन दिएका हुन्। रासस


प्रकाशित : बिहीबार , असार १४ २०८००५:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend