काठमाडौं- बिहीबार सुनचाँदीको मूल्य घटेको छ। बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला ६ सय रूपैयाँ र चाँदीको मूल्य प्रतितोला पाँच रूपैयाँले घटेको हो।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९ हजार चार सय रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ९ सय रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ३ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।