शुक्रबार, असोज ४ गते २०८१    
images
images

तीन दिन 'गुपचुप' काठमाडाैं बसेर चिनियाँ अर्बपति ज्याक मा लागे पाकिस्तान

images
बिहीबार , असार १४ २०८०
images
images
तीन दिन 'गुपचुप' काठमाडाैं बसेर चिनियाँ अर्बपति ज्याक मा लागे पाकिस्तान

ज्याक मा बुधवार बंगलादेशको ढाकाबाट आफ्नै प्राइभेट जेट जीपी-सीजेएम जी-५६० इआर कलसाइनको जहाजमा उनी सहित ७ जना नेपाल आएका थिए। साेही जहाजबाट उनी फर्किएका हुन्।

images
images

काठमाडौं- मंगलबार काठमाडौं आएका चिनियाँ सेलिब्रेटी अर्बपति ज्याकमा बिहीबार बिहान पाकिस्तानतर्फ लागेका छन्। अर्बपति ज्याक मा बुधबार १ बजेर ३९ मिनेटमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनी बिहीबार बिहान ११:१७ बजेको उडान तालिकाअनुसार पाकिस्तान लागेका हुन्। 

images
images
images

ज्याक मा बुधवार बंगलादेशको ढाकाबाट आफ्नै प्राइभेट जेट जीपी-सीजेएम जी-५६० इआर कलसाइनको जहाजमा उनी सहित ७ जना नेपाल आएका थिए। साेही जहाजबाट उनी फर्किएका हुन्।  

ज्याकमा किन र के कामका लागि नेपाल आएका हुन् प्रष्ट हुन सकेको छैन। चौधरी समूहको निमन्त्रणामा नेपाल आएका उनी बुधबार कालीमाटी तरकारी बजारसमेत पुगेका थिए। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्ड र उद्योगपति विनोद चौधरी भेट्ने कार्यक्रम तय भएपनि भेट गरेको विषय अहिलेसम्म सार्वजनिक गरिएको छैन।

नेपाल भ्रमणको उद्देश्य सार्वजनिक नगरिए पनि उनी चौधरी ग्रुपको सीजी फाउन्डेसनको निमन्त्रणामा नेपाल आएको थिए।

images

उनको भ्रमणको सबै व्यवस्थापन चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले गरेको समेत बुझिाएको छ। तर विषय भने सार्वजनिक गरिएको छैन। बुधबार बिहान कालीमाटी तरकारी बजार पुगेका ज्याक मा साँझ भक्तुर दरबारमा देखिएका थिए। होटल द्धावरिकामा बसेका ज्याक मालाई धेरै व्यावसायीहरुले भेट्ने खोजे पनि भेट भने गरेनन्।

कोभिडको समयमा ज्याक माले नेपालका लागि मास्क, कोरोना टेस्ट किट, प्रोटेक्टिभ सुट, भेन्टिलेटर र थर्मोमिटर लगायत आवश्यक सामाग्री सहयोग गरेका थिए। सीजी फाउन्डेसन मार्फत ज्याक मा ले नेपालमा कोभिडमा सहयोग गरेका थिए। जसको व्यवस्थापन निर्माण चौधरीले गरेका थिए। पहिलोपटक नेपाल आएका ज्याक मा नेपालमा आएर कस्लाई भेटे र कुन उद्देश्य थियो भन्ने समेत सार्वजनिक गरिएको छैन। 

jackma.jpg
भक्तपुर दरबार घुम्दै ज्याक मा

ज्याक मा विश्वचर्चित कम्पनी अलिबाबाका संस्थापक हुन्। विश्वभर अर्बपति ज्याक माको चर्चा चलिरहन्छ। राज्य नियन्त्रित अर्थव्यवस्था रहेको चीनमा सरकार प्रमुखभन्दा चीनबाहिर धेरै लोकप्रिय भएपछि उनी चिनियाँ सरकारको तारोसमेत बन्ने गरेका छन्।

सन् २०२० को अक्टोबरमा ज्याक माले एउटा सार्वजनिक कार्यक्रममा गरेको भाषण निकै महँगो पर्‍यो। सरकार र चिनियाँ व्यवस्थाप्रति आलोचना गरिएको उक्त भाषणलाई लिएर चिनियाँ राष्ट्रप्रति सिजिनपिङ नै आक्रोशित बनेको कतिपय मिडिया रिपोर्टमा उल्लेख थियो। 

चिनियाँ वित्तीय नियामकको आलोचना गरेपछि ज्याक माले प्रबर्द्धन गरेका कम्पनीमाथि चीन सरकारले कडाइ गर्दै आएको थियो। सरकारको निसानामा परेर विदेशिएका ज्याक मा गएको चैतमा चीन फर्किएका थिए। त्यसअघि उनी लामो समय जापान र थाइल्यान्ड बसेका थिए। 

ज्याक माले सन् १९९६ मा चाइना येलो पेजेजको सुरुवात गरेर व्यापारमा हात हालेका थिए। त्यसको तीन वर्षपछि सन् १९९९ मा ज्याक माले आफ्नो अपार्टमेन्टमा आफ्ना १७ जना साथीहरूसँग मिलेर ई(कमर्स वेबसाइट अलिबाबा सुरु गरेका हुन्।

अलिबाबाले चीन र बाँकी विश्वका निर्यातकर्तालाई विश्वभरका कम्पनीहरूसँग जोड्ने काम गर्दछ। अलिबाबाले ताओबाओ डटकम पनि चलाउँछ। यो चीनको सबैभन्दा ठूलो सपिङ वेबसाइट हो। अलिबाबाले पेमेन्ट वेबसाइटसम्मै आफ्नो पहुँच विस्तार गरेको छ।


प्रकाशित : बिहीबार , असार १४ २०८००५:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend