मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

क्रिप्टो कारोबारमा सजग रहन गर्भनर अधिकारीको आग्रह

बुधबार, असार १३ २०८०
क्रिप्टो कारोबारमा सजग रहन गर्भनर अधिकारीको आग्रह

काठमाडौं- नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले क्रिप्टो कारोबारमा सजग रहन आग्रह गरेका छन्।

बैंक फर इन्टरनेशनल सेटलमेन्ट्सको असार ९ र १० गते स्विट्जरल्याण्डको बासेलमा आयोजित कार्यक्रममा क्रिप्टोकरेन्सीले ल्याउनसक्ने चुनौती र त्यसलाई सम्बोधन गर्न नेपालले अवलम्बन गरेको नीतिगत व्यवस्थाका सम्बन्धमा जानकारी दिएका थिए।

सो बैठकमा बीआईएसका सदस्य राष्ट्र, विश्वका विभिन्न केन्द्रीय बैंक तथा मौद्रिक अधिकारीका प्रतिनिधिको सहभागिता थियो। बैठकका क्रममा गभर्नर अधिकारी फाइनान्सियल स्टाब्लिटी इन्स्टिच्युटद्वारा असार ९ गते आयोजित ‘पोलिसी अप्रोजेज फर एड्रेसिङ रिस्क पोज्ड बाई क्रिप्टो एसिस्ट एण्ड डिसेन्ट्रलाइज्ड फाइन्यान्स’ विषयक अन्तरक्रियामा सहभागी भएका थिए।

बैठकमा बीआईएसका महाप्रबन्धक अगस्टिन कार्टेन्सले बीआईएसको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै उच्च मुद्रास्फीति र वित्तीय स्थायित्वमा देखिएको चुनौतीका कारण विश्वभरका केन्द्रीय बैंकहरू दबाबमा रहेको चर्चा गरे।

यसैगरी, उनी असार १० गते आयोजित‘ ओभरकमिङ क्रस-बोर्डर पेमेन्ट च्यालेन्ज फर इमर्जिङ मार्केट एण्ड डेभलपिङ इकोनोमिक्स विषयक ‘सेन्ट्रल बैंक राउण्डटेबल’मा समेत सहभागी भएका थिए। 

बैठकका दौरान गभर्नर अधिकारीले स्टेट बैंक अफ पाकिस्तानका गभर्नर जमील अहमदसँग भेटवार्ता गरे। भेटका क्रममा उनीहरुबीच मूल्यस्थिति, वित्तीय स्थायित्व र बाह्य क्षेत्र व्यवस्थापनका विषयमा छलफल भएको थियो। बैठकको सिलसिलामा गभर्नर अधिकारीले ‘बीआईएस इनोभेसन हब’ को अवलोकन गर्दै हबमा राखिएका विभिन्न प्रोजेक्टबारे जानकारी लिएका थिए।


प्रकाशित : बुधबार, असार १३ २०८०१२:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend