शुक्रबार, असोज ४ गते २०८१    
images
images

लमिबगर-पञ्चमी-छितापोखरी सडक गुणतस्तरहीन

images
बुधबार, असार १३ २०८०
images
images
लमिबगर-पञ्चमी-छितापोखरी सडक गुणतस्तरहीन

विसं २०७९ माघ ५ गते निर्माण सम्पन्न गर्ने गरी विसं २०७९ जेठ २ गते ४३ लाख ९९ हजार नौ सय ६१ रूपैयाँमा ठेक्का सम्झौता भएको थियो। सम्झौता पश्चात ठेकेदार कम्पनीले काम सुस्तगतिमा अगाडि बढाएको स्थानीयको भनाइ छ।

images
images

खोटाङ- ठेकेदार कम्पनीको लापरबाहीले दिप्रुङ चुइचुम्मा गाउँपालिकास्थित लमिबगर-पञ्चमी-छितापोखरी जोड्ने सडकखण्ड ग्राभेलको काम गुणस्तरहीन भएको पाइएको छ। 

images
images
images

ठेकेदार कम्पनी एचएसएन कन्ट्रक्सन प्रालि चौदण्डीगढी नगरपालिका-६ उदयपुरको लापरबाहीका कारण उक्त सडकको तीन दशमलव तीन सय ६० किलोमिटर सडकखण्डको काम गुणस्तरहीन भएको पाइएको हो। 

निर्माणाधीन सडक गुणस्तरहीन भएको गुनासो आएपछि सोमबार गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्रबहादुर राई, इन्जिनियर मुकेशकुमार यादवसहितको टोली निर्माणस्थल पुगेको थियो। 

सडक निर्माणको क्रममा गुणस्तरहीन सामग्रीको प्रयोग भएको पाइएको गाउँपालिकाका अध्यक्ष राईले बताए। ठेकेदारले गुणस्तरहीन बालुवाको प्रयोग गरेको पाएपछि ड्रेन (नाली) भत्काएको उनले बताए। 'गुणस्तहीन बालुवाको प्रयोग गरेर निर्माण गरिएको सम्पूर्ण ड्रेन भत्काएर भुक्तानीसमेत रोक्का गछौँ', अध्यक्ष राईले भने, 'ठेकेदार कम्पनीलाई गुणस्तरीय बालुवाको प्रयोग गरेर मात्रै संरचना निर्माण गर्न भनेका छौँ। अहिले काम रोकिएको छ।'

images

सडकको नालीलाई गुणस्तरीय तवरबाट निर्माण गर्न पटक/पटक भने पनि निर्माण कम्पनीले बेवास्ता गरेको स्थानीयको गुनासो छ। विसं २०७९ माघ ५ गते निर्माण सम्पन्न गर्ने गरी विसं २०७९ जेठ २ गते ४३ लाख ९९ हजार नौ सय ६१ रूपैयाँमा ठेक्का सम्झौता भएको थियो। सम्झौता पश्चात ठेकेदार कम्पनीले काम सुस्तगतिमा अगाडि बढाएको स्थानीयको भनाइ छ।

तोकिएको समयमा सडक सम्पन्न नभएपछि जेठ मसान्तसम्मका लागि पहिलोपटक म्याद थप गरिएको इन्जिनियर मुकेशकुमार यादवले बताए। उनका अनुसार थप गरिएको समयसिमा पनि सकिएको छ।

'निर्माणाधीन सडकको अन्य काम मापदण्ड अनुसार नै भएको पाइएको छ। नाली निर्माणमा प्रयोग भएको बालुवा खसुरो हुनुपर्नेमा कोशीको मसिनो बालुवा प्रयोग गरेको पाइएको हो', प्रमुख राईले भने।

सिमेन्ट र बालुवाको मात्रा नमिलाई काम गरेकाले गुणस्तरहीन भएको इन्जिनियर यादवको भनाइ थियो। उनका अनुसार हालसम्म ६० प्रतिशत मात्र भौतिक प्रगति भएको छ। रासस


प्रकाशित : बुधबार, असार १३ २०८०१०:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend