मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

लगातार तीन दिनको वृद्धिपछि बुधबार ओरालो लाग्यो सेयर बजार

बुधबार, असार १३ २०८०
लगातार तीन दिनको वृद्धिपछि बुधबार ओरालो लाग्यो सेयर बजार

आइतबार ६२.२१ अंक, सोमबार ११.६९ र मंगलबार ५६.९४ अंकले बढेको बजार बुधबार ३५.३७ अंकले घटेको हो। 

काठमाडौं- यो साता तीन दिन लगातार सुधार देखिएको सेयर बजारमा साताको चौथो कारोबारमा गिरावट देखिएको छ।

आइतबार ६२.२१ अंक, सोमबार ११.६९ र मंगलबार ५६.९४ अंकले बढेको बजार बुधबार दोहोरो अंकले घटेको हो। 

बुधबार ३५.३७ अंकले घटेर २१५०.९९ बिन्दुमा बजार पुग्दा ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार रूपैयाँको कारोबार भएको छ। ३६ कम्पनीको सेयर मूल्य बढेको बजारमा १ सय ८८ कम्पनीको सेयर मूल्य घटेको छ भने एक मात्र कम्पनीको स्थिर रह्यो।

यो साता सोमबार ११.६९ अंकको वृद्धिसहित बजार २१२९.४२ बिन्दुमा पुग्दा ५ अर्ब ३१ करोड रूपैयाँको कारोबार भएको थियो भने आइतबार ६२.२१ अंकको वृद्धिसँगै बजार २११७.७३ बिन्दुमा पुग्दा ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रूपैयाँको सेयर किनबेच भएको थियो। मंगलबार ५६.९४ अंकले बढेर २१८६.९४ बिन्दुमा पुगेको बजारमा ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार रूपैयाँको कारोबार भएको थियो।


प्रकाशित : बुधबार, असार १३ २०८००९:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend