बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

लगातार तीन दिनको वृद्धिपछि बुधबार ओरालो लाग्यो सेयर बजार

images
बुधबार, असार १३ २०८०
images
लगातार तीन दिनको वृद्धिपछि बुधबार ओरालो लाग्यो सेयर बजार

आइतबार ६२.२१ अंक, सोमबार ११.६९ र मंगलबार ५६.९४ अंकले बढेको बजार बुधबार ३५.३७ अंकले घटेको हो। 

images
images

काठमाडौं- यो साता तीन दिन लगातार सुधार देखिएको सेयर बजारमा साताको चौथो कारोबारमा गिरावट देखिएको छ।

images
images
images

आइतबार ६२.२१ अंक, सोमबार ११.६९ र मंगलबार ५६.९४ अंकले बढेको बजार बुधबार दोहोरो अंकले घटेको हो। 

images
images

बुधबार ३५.३७ अंकले घटेर २१५०.९९ बिन्दुमा बजार पुग्दा ५ अर्ब ९७ करोड २२ लाख ८६ हजार रूपैयाँको कारोबार भएको छ। ३६ कम्पनीको सेयर मूल्य बढेको बजारमा १ सय ८८ कम्पनीको सेयर मूल्य घटेको छ भने एक मात्र कम्पनीको स्थिर रह्यो।

images
images

यो साता सोमबार ११.६९ अंकको वृद्धिसहित बजार २१२९.४२ बिन्दुमा पुग्दा ५ अर्ब ३१ करोड रूपैयाँको कारोबार भएको थियो भने आइतबार ६२.२१ अंकको वृद्धिसँगै बजार २११७.७३ बिन्दुमा पुग्दा ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रूपैयाँको सेयर किनबेच भएको थियो। मंगलबार ५६.९४ अंकले बढेर २१८६.९४ बिन्दुमा पुगेको बजारमा ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार रूपैयाँको कारोबार भएको थियो।


प्रकाशित : बुधबार, असार १३ २०८००९:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend