शुक्रबार, असोज ४ गते २०८१    
images
images

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङको नाममा भेटियो ललिता निवासको ३० रोपनी जग्गा

images
बुधबार, असार १३ २०८०
images
images
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङको नाममा भेटियो ललिता निवासको ३० रोपनी जग्गा

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मंगलबार पक्राउ परेका थिए।

images
images

काठमाडौं- भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग ललिता निवासको ३० रोपनी जग्गा रहेको भेटिएको छ।

images
images
images

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका गुरुङसहित उनको परिवारको नाममा ललिता निवासको करिब ३० रोपनी जग्गा भेटिएको हो।

गुरुङलाई मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सरकारी लिखत कीर्ते कसुरमा पक्राउ गरेको छ। ललिता निवासको जग्गा हडप्नका लागि सरकारी कागजात किर्ते गरेको कसुरमा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिइएको हो।

सीआईबीले गरेको अनुसन्धानका क्रममा गुरुङले पत्नी सावित्री घले गुरुङ, छोरा कल्याण, आफन्त तथा भाटभटेनी डेभ्लपर्सको नाममा जग्गा राखेको पाइएको हो। कतिपय जग्गा भने उनले बिक्री समेत गरिसकेको जनाइएको छ।

images

बुधबार पत्रकार सम्मेलन गरी सीआईबीले पक्राउ परेकाहरूको नाममा भेटिएको जग्गा र उनीहरूको भूमिकाबारे सार्वजनिक गरेको हो। गुरुङ जग्गा प्रकरणमा बिचौलियाको भूमिकामा समेत देखिएको सीआईबीले उल्लेख गरेको छ।

यसअघि २०७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अकुत सम्पति र भ्रष्टाचारको कसुरमा गुरुङलाई विशेष अदालतमा मुद्दा चलाएको थियो। उनलाई ३९ करोड २७ लाख ६८ हजार रुपैयाँ बिगो, जरिबाना एवं सम्पति जफतको माग दाबी गरिएको छ। अभियोगमा पक्राउ परे पनि उनी पुर्पक्षका लागि धरौटीमा छुटेका थिए।

अख्तियारले दर्ता गरेको मुद्दा विचाराधीन छ। अहिले पुन: सीआईबीले अनुसन्धान फाइल खोलेर कीर्तेलगायतमा अनुसन्धान गर्दा गुरुङसहित अन्य पक्राउ परेका हुन्। सीआईबीले हिजो उक्त प्रकरणमा संलग्न भएको आरोपमा सात जनालाई पक्राउ गरेको थियो। यद्यपि तीन जनाले यसअघि नै अदालतबाट ‘स्टे अर्डर’ लिएको हुनाले प्रहरीले कागज गराएर छाडेको थियो। जसमा सुरेन्द्रमान कपाली, कलाधर  देउजा र हुपेन्द्रमणि केसी छन्।

बालुवाटारस्थित ललिता निवासको १ सय ४३ रोपनी जग्गा विभिन्न चरणमा व्यक्तिका नाममा नामसारी गरेको पाइएको छ। 


प्रकाशित : बुधबार, असार १३ २०८००८:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend