मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

बैंकहरूमा एकैदिन ७ अर्ब निक्षेप थपिँदा ऋण लगानी पनि ६ अर्ब बढ्याे

बुधबार, असार १३ २०८०
बैंकहरूमा एकैदिन ७ अर्ब निक्षेप थपिँदा ऋण लगानी पनि ६ अर्ब बढ्याे

काठमाडौं- एकै दिनमा वाणिज्य बैंकहरूको निक्षेप ७ अर्ब रुपैयाँले बढेको छ। गत असार १० गतेसम्म वाणिज्य बैंकहरूको कुल निक्षेप ४९ खर्ब २० अर्ब रुपैयाँ रहेकोमा असार ११ गतेसम्म ४९ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ।

कर्जा लगानी पनि यो एक दिनको अवधिमा ६ अर्ब रुपैयाँले बढेको छ। गत असार १० गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ४८ खर्ब ५७ अर्ब रुपैयाँ रहेकोमा असार ११ गतेसम्म बढेर ४८ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ।

असार ११ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी पनि ५ अर्ब रुपैयाँले बढेर ४३ खर्ब ५ अर्ब रुपैयाँ पुगेको छ। गत असार १० गतेसम्म कुल कर्जा लगानी ४३ खर्ब रुपैयाँ रहेको थियो।

असार ११ गते बैंकहरुको औसत सीडी रेसियो सामान्य घटेर ८३.९२ प्रतिशत कायम भएको छ। अघिल्लो दिनसम्म औसत सीडी रेसियो ८३.९४ प्रतिशत थियो।

अन्तरबैंक ब्याजदर फेरि ५ प्रतिशतभन्दा माथि उक्लिएको छ। गत असार ८ गतेमा २.६५ प्रतिशतमा झरेको अन्तरबैंक ब्याजदर फेरि बढेर असार ११ गते ५.११ प्रतिशतमा उक्लिएको छ। जब कि अघिल्लो दिन असार १० गतेसम्म अन्तरबैंक ब्याजदर ३.९५ प्रतिशत थियो।


प्रकाशित : बुधबार, असार १३ २०८००६:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend