बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

बजेट पारितका लागि प्रतिनिधिसभामा प्रस्ताव पेश हुँदै 

images
बुधबार, असार १३ २०८०
images
बजेट पारितका लागि प्रतिनिधिसभामा प्रस्ताव पेश हुँदै 

त्यस्तै विभिन्न मन्त्रालय तथा निकायको विनियोजनमा खर्च कटौतिको प्रस्ताव  निर्णयार्थ प्रस्तुत हुनेछ। त्यसपछि अर्थमन्त्री महतले विनियोजन विधेक २०८० पारितका लागि प्रस्ताव पेश गर्नेछन्। 

images
images

काठमाडौं- अर्थमन्त्री डा प्रकाशशरण महतले जेठ १५ गते संघीय संसदमा प्रस्तुत गरेको बजेट(विनियोजन विधेक) पारितका लागि प्रतिनिधिसभामा प्रस्ताव पेश हुने भएको छ। 

images
images
images

अर्थमन्त्री महतले विनियोजन विधेक पारितका लागि प्रस्ताव पेश हुने कार्यसूची तय भएको छ। 

images
images

आज ११ बजेका लागि बोलाइएको बैठकमा सुरुमा विनियोजन विधेयकमाथिको छलफलमा क्रममा उठेका प्रश्नको प्रधानमन्त्री पुष्पमकल दाहालले जवाफ दिने कार्यसूची पनि रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको विनियोजनमाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री दाहालले जवाफ दिनेछन्। 

images
images

त्यस्तै विभिन्न मन्त्रालय तथा निकायको विनियोजनमा खर्च कटौतिको प्रस्ताव  निर्णयार्थ प्रस्तुत हुनेछ। त्यसपछि अर्थमन्त्री महतले विनियोजन विधेक २०८० पारितका लागि प्रस्ताव पेश गर्नेछन्। 

विनियोजन विधेयक पारितका लागि प्रस्ताव पेश हुने दिनका लागि सत्तारुढ दलले अनिवार्य सदनमा उपस्थित हुन ह्विप जारी गरिसकेका छन्। 

नेकपा एस लगायतका सत्तारुढ दलका सांसदहरूले असन्तुष्टि जनाएका थिए। संसोधन नभए पास हुन नदिने केही सत्ता घटकले चेतावनी दिएपनि बजेट जस्ताको तस्तै पारित हुने सम्भावना छ। 

त्यस्तै आज आर्थिक विधेयक २०८०  विचार गरियोस भन्ने प्रस्ताव अर्थमन्त्रीले पेश गर्नेछन् भने सो विधेयकमाथिको छलफलका लागि समय आजै तोकिनेछ। 

Screenshot 2023-06-28 at 09.44.23.png

Screenshot 2023-06-28 at 09.44.49.png
undefined


प्रकाशित : बुधबार, असार १३ २०८००३:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend