मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

सेयर बजारमा आज पनि वृद्धि, ५६ अंकले बढ्दा साढे पाँच अर्ब बढीको कारोबार

मंगलबार, असार १२ २०८०
सेयर बजारमा आज पनि वृद्धि, ५६ अंकले बढ्दा साढे पाँच अर्ब बढीको कारोबार

काठमाडौं- सेयर बजारमा यो साता लगातार दोहोरो अंकको वृद्धि देखिएको छ। 

यो साताको दोस्रो र तेस्रो कारोबारमा वृद्धि देखिएको सेयर बजार मंगलबार पनि बढेको छ। मंगलबार ५६.९४ अंकले बढेर बजार २१८६.९४ बिन्दुमा पुगेको छ। एक सय ८७ कम्पनीको सेयरम मूल्य बढेको बजारमा ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार रूपैयाँको कारोबार भएको छ। ३४ कम्पनीको सेयर मूल्य घट्दा ४ कम्पनीको भने स्थिर रह्यो।

सोमबार ११.६९ अंकको वृद्धिसहित बजार २१२९.४२ बिन्दुमा पुग्दा ५ अर्ब ३१ करोड रूपैयाँको कारोबार भएको थियो भने आइतबार ६२.२१ अंकको वृद्धिसँगै बजार २११७.७३ बिन्दुमा पुग्दा ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रूपैयाँको सेयर किनबेच भएको थियो। 

अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा छन्।

लगानीकर्ताले नीतिगत साथ पाए बजारले पुन: उचाइको बिन्दु लिनसक्ने विश्लेषकहरू बताउँछन्। अहिलेको वृद्धिले नै उचाइतर्फ संकेत गरिरहँदा अब मौद्रिक नीतिमार्फत पनि साथ मिले बजार पुन: ३२०० को बिन्दुतर्फ लाग्ने उनीहरूको भनाइ छ। 


प्रकाशित : मंगलबार, असार १२ २०८००९:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend