मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

बैंकहरूमा अराजक समूहको आक्रमण भएको भन्दै सरकारसँग सुरक्षा माग

मंगलबार, असार १२ २०८०
बैंकहरूमा अराजक समूहको आक्रमण भएको भन्दै सरकारसँग सुरक्षा माग

काठमाडौं- सुनसरीको इटहरी र झापाको विर्तामोडमा अराजक समूहले सोमबार बैंकिङ कारोबार अवरुद्ध गरेको भन्दै बैंक तथा वित्तीय संघसंस्थाका छाता संगठनहरूले सुरक्षा माग गरेका छन्। नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले एक विज्ञप्ति जारी गर्दै सुरक्षा व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन्।

‘दुई जिल्लाका केही शाखामा केही व्यक्तिहरुले शाखा संचालनमा अवरोध गरेको, कर्मचारीहरुलाई धम्क्याएको र ग्राहकलाई अत्यावश्यक बैंकिङ सेवा लिनबाट वञ्चित गरेकोमा हामी घोर निन्दा गर्दछौं’ चारै संघले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ। यस विषयमा सुरक्षा निकायले यथशीघ्र आवश्यक कदम लिई शाखा संचालन गर्न तथा कर्मचारी-ग्राहकको सुरक्षाका लागि संघहरुले माग गरेका छन्।

यसअघि लिइसकेको ऋण नतिर्ने वहानामा अराजक गतिविधि भएको संघहरुको ठम्याइ छ। ‘ऋण लिएपछि तिर्नुपर्छ भन्ने सामान्य सिद्धान्त हामी सबैले बुझ्नुपर्ने र ऋण नतिर्ने बहानामा यस प्रकारका अराजक गतिविधि गर्नेलाई तुरुन्तै कारबाहीको दायरामा ल्याई शान्तिरसुरक्षा कायम गरी अत्यावश्यक सेवा बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुको संचालन र कर्मचारीहरुलाई आवश्यक सुरक्षा प्रदान गरिदिन सरोकारवाला सबै निकायसँग अनुरोध गर्दछौँ।’ आगामी दिनमा यस प्रकारका कुनै पनि गतिविधि भएको खण्डमा यसका विरुद्ध सशक्त रुपमा प्रस्तुत हुने संघहरुले चेतावनी दिएका छन्।


प्रकाशित : मंगलबार, असार १२ २०८००४:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend