मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

‘सुशासन, सामाजिक न्याय र समृद्धि’ नारा तय गरेर अघि बढ्यो १६ औँ योजना तर्जुमा 

आयोगले सुरू गर्‍यो अवधारणापत्र बनाउन 

मंगलबार, असार १२ २०८०
‘सुशासन, सामाजिक न्याय र समृद्धि’ नारा तय गरेर अघि बढ्यो १६ औँ योजना तर्जुमा 

चालु १५ औँ योजना आर्थिक बर्ष २०७६/२०७७ बाट सुरू भएको थियो। आर्थिक वर्ष २०८०/०८१ मा १५ औँ योजनाको अवधि सकिन्छ। अहिले आयोगले १६ औँ योजनाको तयारी र १५ औँ योजनाको समीक्षालाई समानान्तर रुपमा अघि बढाएको छ। 

काठमाडौं- राष्ट्रिय योजना आयोगले १६ पञ्च वर्षीय योजनाको अवधारणापत्रको काम सुरू गरेको छ। आयोगले अवधारणापत्रका लागि सुझाव संकलनको कामलाई तीव्रता दिएको छ। 

आयोगका पूर्वउपाध्यक्ष, सदस्य, अर्थशास्त्री तथा विज्ञहरूसँग सुझाव संकलन गरिसकेको आयोगले अब भने अवधारणापत्रकै काम सुरू गर्न लागेको हो। 

सुशासन, सामाजिक न्याय र समृद्धि भन्ने नारा तय गरेर आयोगले अवधारणापत्र बनाउन सुरू गरेको हो। 

१६ औँ योजना तर्जुमाको कार्ययोजना अनुसार आयोगले तयारी अघि बढाएको हो। तत्कालका लागि आयोगले संक्षिप्त अवधारणा तयार पार्नेछ। आयोगले तयार पारेको प्रारम्भिक अवधारणा आयोगबाट पारित भएपछि योजनाको काम अघि बढ्ने छ। 

चालु १५ औँ योजना आर्थिक बर्ष २०७६/२०७७ बाट सुरू भएको थियो। आर्थिक वर्ष २०८०/०८१ मा १५ औँ योजनाको अवधि सकिन्छ। अहिले आयोगले १६ औँ योजनाको तयारी र १५ औँ योजनाको समीक्षालाई समानान्तर रुपमा अघि बढाएको छ। 

विस २०१३ सालदेखि नेपालमा आवधिक योजनाको सुरुवात भएको थियो। सोभियत युनियनकालीन यो प्रणाली नेपालमा अझै प्रचलनमा छ। प्रतिफल तथा परिणामका हिसाबले लगभग असफल भइसकेको आवधिक योजना प्रणालीको गम्भीर समीक्षा गर्ने भनिएपनि हालसम्म सरकारले यसमा प्रभावकारी काम गरेको छैन। 

पछिल्लो पाँच आवधिक योजनादेखिका लक्ष्यहरू थाँति रहेका छन्। अर्थात् गएको २५ वर्षदेखि उही र उस्तै लक्ष्य समेटिँदै आएका छन्। योजना अनुसारको कार्यक्रम नबन्दा कार्यान्वयन प्रभावकारी भएको देखिँदैन। 


प्रकाशित : मंगलबार, असार १२ २०८००४:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend