बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

सेयर बजारमा आइतबारको ठूलो वृद्धिलाई साथ, सोमबार उतारचढावबीच दोहोरो अंकको वृद्धि

images
सोमबार, असार ११ २०८०
images
सेयर बजारमा आइतबारको ठूलो वृद्धिलाई साथ, सोमबार उतारचढावबीच दोहोरो अंकको वृद्धि
images
images

काठमाडौं- गएको साता स्थिर देखिएको सेयर बजारमा यो साता पहिलो कारोबारमा नै ठूलो वृद्धिपछि दोस्रो कारोबारमा पनि दोहोरो अंकको वृद्धि देखिएको छ। गएको साता उतारचढावमा रहेको बजारमा यो साता पनि पहिलो कारोबार नै उत्साहजनक देखिएको थियो। तर बजारले दोस्रो कारोबारमा पुन: उतारचढावमा रहँदै वृद्धि समात्यो। 

images
images
images

सोमबारको कारोबारमा एकघण्टासम्म बजार उचालिएको थियो। त्यसपछि उतारचढावमा रहँदै बजार बन्द हुने समय ११.६९ अंकको वृद्धिसहित २१२९.४२ बिन्दुमा पुगेको छ। १२३ कम्पनीको सेयर मूल्य बढेको बजारमा ५ अर्ब ३१ करोड रूपैयाँको कारोबार भएको छ। 

images
images

यो साता आइतबार ६२.२१ अंकको वृद्धिसँगै बजार २११७.७३ बिन्दुमा पुगेको थियो। जहाँ १८९ कम्पनीको सेयर मूल्य बढ्दा ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रूपैयाँको सेयर किनबेच भएको थियो। 

images
images

अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा छन्। लगानीकर्ताले नीतिगत साथ पाए बजारले पुन: उचाइको बिन्दु लिनसक्ने विश्लेषकहरू बताउँछन्। अहिलेको वृद्धिले नै उचाइतर्फ संकेत गरिरहँदा अब मौद्रिक नीतिमार्फत पनि साथ मिले बजार पुन: ३२०० को बिन्दुतर्फ लाग्ने उनीहरूको भनाइ छ। 


प्रकाशित : सोमबार, असार ११ २०८००९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend