मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

विद्युत उत्पादन थालेका दुई हाइड्रोपावरलाई ४२ लाख ३० हजार कित्ता आईपीओ निष्कासनको अनुमति

आइतबार, असार १० २०८०
विद्युत उत्पादन थालेका दुई हाइड्रोपावरलाई ४२ लाख ३० हजार कित्ता आईपीओ निष्कासनको अनुमति

काठमाडौं- नेपाल धितोपत्र बोर्डले दुई कम्पनीको ४४ करोड ५८ लाख ९८ हजार ७ सय ९२ रुपैयाँ बराबरको ४२ लाख ३० हजार १ सय ६२ कित्ता साधारण सेयर (आईपीओ) बिक्रीको अनुमति दिएको छ।  

बोर्डले मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड र भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलाई आईपीओ जारीको अनुमती दिएको हो। दुवै कम्पनीले स्थानीय र सर्वसाधारण गरी उक्त रकम बराबरको प्राथमिक सार्वजनिक निष्कासनका लागि अनुमति पाएका हुन्।

मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँमा २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता आईपीओ बिक्रीका लागि अुनमती दिएको छ। कम्पनीले जारी पुँजीको ३५ प्रतिशत बराबरको सर्वसाधारणमा सेयर बिक्री गर्न लागेको हो भने ६५ प्रतिशत बराबरको ५२ करोड रुपैयाँ चुक्ता भैसकेको छ।

दोलखाको सिंगटी स्थित ५ मेगावाट विद्युत क्षमताको घट्टेखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। कम्पनीले २०७७ साल कार्तिक २३ गते आयोजना निर्माण सम्पन्न गरि पूर्ण रुपमा विद्युत उत्पादन गरिरहेको छ।

भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले १०० अंकति मूल्यमा १६ रुपैयाँ प्रिमियम थप गरी १६ करोड ५८ लाख ९८ हजार ७९२ रुपैयाँ बराबरको १४ लाख ३० हजार १६२ कित्ता सेयर बिक्री गर्न असार ६ गते अनुमति पाएको छ। भगवति हाइड्रोपावरले जारी पुँजीको २५ प्रतिशत बराबरको सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो। कम्पनीमा संस्थापकहरूले ४२ करोड ९० लाख ४८ हजार ५०० रुपैयाँ चुक्ता गरिसकेका छन्।

भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले कास्कीमा ४.५ मेगावाट क्षमताको विजयपुर १ साना हाइड्रोपावर आयोजनाको निर्माण सम्पन्न गरि विद्युत उत्पादन गर्दै आइरहेको छ। अयोजनाबाट २०६९ भदौ ५ गतेदेखि व्यावसायिक रुपमा विद्युत उत्पादन हुँदै आइरहेको छ।


प्रकाशित : आइतबार, असार १० २०८००९:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend