मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

गौरवका योजनाका लागि ३ अर्ब ८० करोड, यस्तो छ काठमाडौं महानगरको प्राथमिकता र बजेट

आइतबार, असार १० २०८०
गौरवका योजनाका लागि ३ अर्ब ८० करोड, यस्तो छ काठमाडौं महानगरको प्राथमिकता र बजेट

काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष  २०८०/०८१  को बजेट सार्वजनिक गरेको छ। महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रूपैयाँ बजेट विनियोजन गरेको हो।

विसं २१०० को महानगर रणनीतिक योजनासम्म अगाडि सारेको महानगरपालिकाले शिक्षा, रोजगारी, पूर्वाधार र कृषिजस्ता विषयलाई प्राथमिकतामा राखेको छ। महानगरले चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रूपैयाँ विनियोजन गरेको छ। 

महानगरपालिकाले सबैभन्दा धेरै शिक्षा क्षेत्रमा ७ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ। महानगरपालिकाले १० विषयगत क्षेत्रका महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड रूपैयाँ विनियोजन गरेको छ। त्यस्तै महानगर स्वर्णिम योजना अन्तर्गत २५ वटा विषयगत क्षेत्रका योजनाका लागि २ अर्ब विनियोजन गरेको छ। 

यस्ता छन् महानगरको प्राथमिकता र बजेट

एक टोल एक खेलकुद पूर्वाधार : १० करोड ५० लाख

एक वडा एक नमुना उद्यम : १ करोड

साथी महानगर स्वर्णिम योजना : २ करोड

रोजगारी र आयवृद्धि, महानगरको समृद्धि : १० करोड

मेरो रहर हरित सहर : ५० करोड

महानगरको टेलिभिजन स्थापना : ५ करोड

महानगरले देख्छ योजनाअन्तर्गत सीसी  क्यामेरा जडान : २० करोड

मिसन २१०० : १ करोड

डुबान समाधन : ४ करोड

सहरी व्यवस्थापनसम्बन्धी अध्ययन तथा अनुसन्धान : ५ करोड

सुशासनका लागि अनलाइन सेवा : १५ करोड

विषादी परीक्षण प्रयोगशाला निर्माण : १ करोड ५० लाख

एग्रोपुलिङ कार्यक्रम : १ करोड

न्याय चौतारी कार्यक्रम :  १ करोड

श्रम बैंक स्वर्णिम योजना : १० करोड

संस्कृति, सम्पदा तथा पर्यटन महानगरको धन योजना : ५० करोड

उज्यालो सहर मेरो महानगर : ३० करोड

सुन्दर महानगर योजना : २५ करोड

पूर्वाधार एम्बुलेन्स : २५ करोड

धुलोरहित काठमाडौं : १ अर्ब

स्वच्छ भान्छा कार्यक्रम : ३ करोड ५० लाख

सुलभ फार्मेसी स्वर्णिम योजना : ६ करोड

सुलभ स्वास्थ्य सेवा नागरिकलाई टेवा योजना : ३५ करोड

गरीखाने शिक्षा, महानगरको इच्छा : ५० करोड


प्रकाशित : आइतबार, असार १० २०८००८:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend