मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

बजेटले अर्थतन्त्र सुधारको नयाँ दिशा देखाएको छ, अब कार्यान्वयनमा ध्यान दिन्छौँ : अर्थमन्त्री महत

शुक्रबार, असार ८ २०८०
बजेटले अर्थतन्त्र सुधारको नयाँ दिशा देखाएको छ, अब कार्यान्वयनमा ध्यान दिन्छौँ : अर्थमन्त्री महत

काठमाडौं- आगामी आर्थिक वर्षको बजेट अर्थतन्त्र सुधारमा नयाँ दिशा दिने विषयमा अगाडि बढाएको बताउँदै अर्थमन्त्री प्रकाशशरण महतले अब कार्यान्वयनको विषयमा ध्यान केन्द्रित गरिरहेको बताएका छन्। 

नेपाल उद्योग परिसंघको २०औँ वार्षिक साधारण सभाको समुद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री महतले नेपाली उद्योगीलाई एक तहको न्यूनतम संरक्षण भएको र लगानी वृद्धिका लागि ट्रेडमा केही व्यवस्था परिमार्जन भएको बताएका छन्। 

'कर बढ्यो भनेर विरोध भएको छ तर कर बढेको होइन, दायरा बढाएको हो। भ्याटको छुट बढेपछि केहीमा छुट हटाइएको हो। नयाँ प्रणालीमा जानु पर्छ, समग्रमा अर्थतन्त्र चलायमान उन्मुख छ। केही विषय मौद्रिक नीतिबाट पनि सम्बोधित हुन्छ। हामीले साधारण खर्च रोक्ने कोशिस पनि गरेका छौँ' उनले भने। 

ऋणको किस्ता र ब्याजको रकम बढ्दा पुँजीगत खर्चमा चाप परेको उनले बताए। 'मर्जरमा करको विषयमा चासो र चिन्ता छ, पहिलेको प्रावधानमा केही परिवर्तन भएको छैन। कर लाग्नुपर्ने वा नपर्ने विषयमा महालेखाले बोलेको छ। त्यो विषय मैले काट्न सक्दिनँ। नयाँ केही विषयमा बसेर छलफल गर्न सकिन्छ। तेलमा कर छुट दिइएको थियो जुन अहिले हटाइएको छ। सरकार निर्यात बढाउने कोशिसमा छ' उनले भने। 

पर्यटन, सूचना प्रविधि र ऊर्जाको सम्भावना राम्रो रहेको र यही क्षेत्रमा के गर्न सकिन्छ भन्नेबारे छलफल गर्नुपर्ने उनको भनाइ छ। 


प्रकाशित : शुक्रबार, असार ८ २०८०१२:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend