आइतबार, वैशाख ३० गते २०८१    
images
images

हट्यो टुकी र सिठाको धिपधिपे उज्यालो, अब कालाबाङ्गमा विद्युत् सेवा 

images
बिजनेस न्युज
images
images
हट्यो टुकी र सिठाको धिपधिपे उज्यालो, अब कालाबाङ्गमा विद्युत् सेवा 

यसअघि त्यहाँका बासिन्दा लघुजलविद्युत् परियोजनाको बिजुली, सोलार र टुकीमा निर्भर थिए।  

images
images

गलेश्वर- वर्षौँदेखि टुकी र सिठाको धिपधिपे उज्यालोमा जीवनयापन गर्दै आएका म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ पाखापानी कालाबाङ्गवासी केन्द्रीय प्रसारण लाइनको विद्युतले गाउँ नै झिलीमिली भएपछि खुशी छन्।

images
images
images

पाखापाखानीको कमथानबाछ घण्टीवाङ, टेङ्गेरेङ, पेक्ना, पुतपुत र कालावाङ्ग बस्तीका ५० घरमा विद्युत् विस्तार भएको छ। नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले यी गाउँमा विद्युतीकरण गरेपछि गाउँ उज्यालो भएको रघुगङ्गा-६ का वडाध्यक्ष मनकुमार शेरपुंजाले बताए।

images

यसअघि त्यहाँका बासिन्दा लघुजलविद्युत् परियोजनाको बिजुली, सोलार र टुकीमा निर्भर थिए।  

images

केन्द्रीय लाइन विस्तारपछि टेलिभिजन हेर्न, कम्प्युटर र ल्यापटप चलाउन, मोबाइल चार्ज गर्न, घरायसी काम गर्न र उद्योग व्यवसाय सञ्चालन गर्न सहज भएको उनले जानकारी दिए। विद्युतीकरणका लागि हेलिकोप्टरबाट ट्रान्सफर्मर ढुवानी गरिएकोे थियो। रायखोर, मुलपानी र उल्लेरीका ९१ घरमा ६५० जनसङ्ख्याको बसोबास छ। रासस

images
images

images

प्रकाशित : आइतबार, कात्तिक २१ २०७८०६:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend