शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

११ महिनामा ३७ हाइड्रोपावरमा १ खर्ब ६ अर्बको लगानी प्रस्ताव, कुन आयोजनामा कति लगानी?

images
शुक्रबार, असार ८ २०८०
images
११ महिनामा ३७ हाइड्रोपावरमा १ खर्ब ६ अर्बको लगानी प्रस्ताव, कुन आयोजनामा कति लगानी?
images
images

काठमाडौं- चालु आर्थिक वर्षको ११ महिनामा ३७ हाइड्रोपावरमा लगानी प्रतिवद्धता आएको छ। चालुआवको ११ महिनामा हाइड्रोपावरमा सबैभन्दा बढी लगानी प्रतिवद्धता आएको छ। कुल प्रतिवद्धताको ५० प्रतिशतकै हाराहारीमा हाइड्रोपावरमा लगानी प्रतिवद्धता आएको छ।

images
images
images

उद्योग विभागका अनुसार  ११ महिना ३७ हाइड्रोपावरमा १ खर्ब ६ अर्बको लगानी प्रतिवद्धता आएको छ। पछिल्लो समय निजी क्षेत्रले पनि सानादेखि ठूलासम्म हाइड्रोपावरमा लगानी विस्तार गर्दै आएका छन्। सुम्निमा हाइड्रोपावर कम्पनीले निर्माण गर्ने पिखुवा पशुपति जलविद्युत आयोजनामा ७७ करोड ६४ लाख ९० हजार रुपैयाँ लगानीको प्रस्ताव गरेको छ।

images
images

तामाकोशी जलविद्युत कम्पनी लिमिटेडले तामाकोशी पाचौँ जलविद्युत आयोजनामा १६ अर्ब ४५ करोड ९८ लाख रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेको छ।

images
images

कार्बोनलेस इनर्जी फण्डले ५ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ लगानी प्रस्ताव गरेको छ। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले बुदुम खोला जलविद्युत आयोजनाले २ अर्ब ५३ करोड २६ लाख रुपैयाँ लगानी प्रस्ताव आएको छ। एसके इनर्जी डेभलपमेन्ट प्रालिले १ अर्ब ३२ करोड ८६ लाख रुपैयाँ लगानी प्रस्ताव आएको हो।

ओमेगा इनर्जी डेभल्पर प्रालिले निर्माण गर्ने माथिल्लो सुनीगाड जलविद्युत आयोजनामा ३ अर्ब ३२ करोड ७० लाख रुपैयाँ लगानी गर्ने प्रस्ताव आएको छ।

त्यस्तै ट्रष्ट इनर्जी लिमिटेडले ५ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ लगानी प्रस्ताव आएको छ। नुम्बुर दुधकुण्ड हाइड्रोपावर प्रालिले २ अर्ब १६ करोड २१ लाख रुपैयाँ लगानी प्रस्ताव गरेको छ। 

यारु हाइड्रोपावरले ५ अर्ब ८१ करोड रुपैयाँ रहेको छ। हलेसी हाइड्रोपावरले १ अर्ब ७ करोड ३८ लाख रुपैयाँ लगानी हुँदैछ। गोर्खाज हिमालयन हाइड्रोले ८३ करोड ७८ लाख रुपैयाँ लगानी गर्दैछ। शिखर पावर डेभलपमेन्ट लिमिटेडले निर्माण गर्ने लोवर भिमखोला क्यास्केड जलविद्युत आयोजनामा १ अर्ब ९ करोड ४० लाख रुपैयाँ लगानी हुँदैछ। 

एलायन्स इनर्जि सोलुसन्सले ८८ करोड २४ लगानी हुँदैछ। डाइनमिक पावर प्रालिले ८४ करोड ३४ लाख रुपैयाँ लगानी गर्दैछ। मेवा डेभलपर्स लिमिटेडले निर्माण गर्ने सिवाखोला जलविद्युत आयोजनामा २ अर्ब ७ करोड ४५ लाख रुपैयाँ लगानी गर्नेछ। सिल्क पावरले ४ अर्ब ४० करोड लगानी गर्नेछ। बाग्मती वाटर इनर्जीले १ अर्ब ३५ करोड ७५ लाख रुपैयाँ लगानी गर्दैछ। माउन्टेन इनर्जी नेपाल लिमिटेडले मिस्ट्री खोला-२ क्यास्केड जलविद्युत आयोजनामा १ अर्ब ६१ करोड रुपैयाँ लगानी हुनेछ।  

डायनामिक हाइड्रो इनर्जीले ५ अर्ब ९१ करोड ६७ लाख रुपैयाँ लगानी गर्नेछ। माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले २ अर्ब ३४ करोड ३३ लाख रुपैयाँ लगानी गर्नेछ। दोर्दीखोला जल विद्युत कम्पनी लिमिटेडले म्याग्दी खोला-ए जलविद्युत आयोजनामा ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ लगानी हुँदैछ।

दोर्दीखोला जल विद्युत कम्पनी लिमिटेडले निर्माण गर्ने सुपर इन्खु जलविद्युत आयोजनामा ४ अर्ब ८४ करोड १९ लाख रुपैयाँ लगानी हुँदैछ। ओम पावर कम्पनीले ठूलीगाड खोला जलविद्युत आयोजनामा ३ अर्ब ८७ करोड ७६ लाख रुपैयाँ लगानी रहेको छ।

संखुवासभा पावर डेभलपमेन्टले सुपर सभाखोला ए जलविद्युत आयोजनामा १ अर्ब ७६ करोड २९ लाख रुपैयाँ लगानी हुँदैछ। सुपर घलेम्दी हाइड्रो पावरले १ अर्ब ८७ करोड १५ लाख रुपैयाँ लगानी गर्ने उल्लेख छ। इसुवा इनर्जीले इसुवा खोला ५ अर्ब ६ करोड रुपैयाँ लगानी रहेको छ। कावेली हाइड्रोपावर कम्पनी लिमिटेडले तल्लो तावा खोला जलविद्युत आयोजनामा १ अर्ब ३५ करोड ८९ लाख रुपैयाँ लगानी प्रस्ताग गरे‍को छ।

गुगेश्वरी इनर्जीले तल्लो मेलम्ची जलविद्युत आयोजनामा ८४ करोड २८ लाख रुपैयाँ लगानीको प्रस्ताव गरिएको छ। गुगेश्वरी इनर्जीले माथिल्लो मेलम्ची जलविद्युत आयोजनामा ९० करोड ५२ लाख रुपैयाँ लगानीको प्रस्ताव आएको छ। 

त्रिकाल पावर कम्पनीले ३७ करोड ८३ लाख रुपैयाँ लगानीमा आयोजना निर्माण गर्दैछ। नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले तल्लो इन्द्रावती जलविद्युत आयोजनामा ७१ करोड ९८ लाख रुपैयाँ लगानी हुँदैछ। गुल्मी हाइड्रो प्रालिले ३५ करोड ८६ लाख रुपैयाँ लगानी गर्ने भएको छ।

सुश्मित इनर्जीले म्याग्दी खोला बी जलविद्युत आयोजनामा २ अर्ब १३ करोड रुपैयाँ लगानी गर्दैछ। सिन्धु ज्वाला हाइड्रोपावर लिमिटेडले निर्माण गर्ने माथिल्लो नेशम खोला ए जलविद्युत आयोजनामा ४ अर्ब ७ करोड ८६ लाख रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेको छ। 

कुन हाइड्रोपावरमा कति लगानी?

सुम्निमा हाइड्रोपावर कम्पनी प्रा. लि. (पिखुवा पशुपति जलविद्युत आयोजना) 776,490,000
तामाकोशी जलविद्युत कम्पनी लिमिटेड (तामाकोशी पाचौँ जलविद्युत आयोजना) 16,459,802,929
कार्बोनलेस इनर्जी फण्ड प्रा. लि. 5,967,250,255
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (बुदुम खोला जलविद्युत आयोजना) 2,532,619,425
एस. के. इनर्जी डेभलपमेन्ट प्रा. लि. 1,320,861,740
ओमेगा इनर्जी डेभल्पर प्रा. लि. (माथिल्लो सुनीगाड जलविद्युत आयोजना) 3,032,700,962
ट्रष्ट इनर्जी लिमिटेड 5,387,998,000
नुम्बुर दुधकुण्ड हाइड्रोपावर प्रा. लि. 2,160,218,321
यारु हाईड्रोपावर प्रा. लि. 5,810,450,000
हलेसी हाइड्रोपावर प्रा. लि. 1,073,890,377
गोर्खाज हिमालयन हाइड्रो प्रा. लि. 837,885,942
शिखर पावर डेभलपमेन्ट लिमिटेड (लोवर भिमखोला क्यास्केड जलविद्युत आयोजना) 1,094,038,056
एलायन्स इनर्जि सोलुसन्स प्रा.लि 882,440,000
डाइनमिक पावर प्रा.लि. 843,454,860
मेवा डेभलपर्स लिमिटेड (सिवाखोला जलविद्युत आयोजना) 2,074,507,071
सिल्क पावर प्रा. लि. 4,400,000,000
बाग्मती वाटर इनर्जी प्रा. लि. 1,357,555,000
माउन्टेन इनर्जी नेपाल लिमिटेड (मिस्ट्री खोला-२ क्यास्केड जलविद्युत आयोजना) 1,612,123,000
डायनामिक हाइड्रो ईनर्जी प्रा. लि. 5,916,760,995
माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड 2,343,391,450
दोर्दीखोला जल विद्युत कम्पनी लिमिटेड (म्याग्दी खोला-ए जलविद्युत आयोजना) 5,173,200,000
दोर्दीखोला जल विद्युत कम्पनी लिमिटेड (सुपर इन्खु जलविद्युत आयोजना) 4,841,953,445
ओम पावर कम्पनी प्रा.लि (ठुलीगाड खोला जलविद्युत आयोजना) 3,877,612,043
संखुवासभा पावर डेभलपमेन्ट प्रा. लि. (सुपर सभाखोला ए जलविद्युत आयोजना) 1,762,982,997
सुपर घलेम्दी हाइड्रो पावर प्रा. लि. 1,871,500,000
इसुवा ईनर्जी प्रा. लि. (इसुवा खोला PRoR क्यास्केड जलविद्युत आयोजना) 5,064,840,000
कावेली हाइड्रोपावर कम्पनी लिमिटेड (तल्लो तावा खोला जलविद्युत आयोजना) 1,358,984,900
गुगेश्वरी ईनर्जी प्रा. लि. (तल्लो मेलम्ची जलविद्युत आयोजना) 842,875,000
गुगेश्वरी ईनर्जी प्रा. लि. (माथिल्लो मेलम्ची जलविद्युत आयोजना) 905,276,000
त्रिकाल पावर कम्पनी प्रा. लि. 378,312,600
नेशनल हाईड्रोपावर कम्पनी लिमिटेड (तल्लो इन्द्रावती जलविद्युत आयोजना) 719,826,000
गुल्मी हाइड्रो प्रा. लि. 358,638,000
सुश्मित इनर्जी प्रा. लि. (म्याग्दी खोला - बी जलविद्युत आयोजना) 2,136,804,615
सिन्धु ज्वाला हाइड्रोपावर लिमिटेड (माथिल्लो नेशम खोला ए जलविद्युत आयोजना) 4,078,678,955
हिमशिला पावर कम्पनी प्रा. लि. 830,936,000
त्रिसुली क्यास्केड प्रा. लि. 4,221,217,428
फ्रेस वाटर इनर्जी लिमिटेड 2,620,021,585


प्रकाशित : शुक्रबार, असार ८ २०८००१:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend