मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

गएको साता हरियाली बनेको सेयर बजारमा यो साता मिलेन साथ, उही बिन्दु वरपर थामियो

बिहीबार , असार ७ २०८०
गएको साता हरियाली बनेको सेयर बजारमा यो साता मिलेन साथ, उही बिन्दु वरपर थामियो

काठमाडौं- गएको साता सबै कारोबारमा वृद्धितर्फ देखिएको सेयर बजार यो साता भने उही गतिमा बढ्न सकेन। वृद्धितर्फ बढिरहेको सेयर बजारमा यो साता दुई दिन वृद्धि देखियो भने तीन कारोबार ओरालोतिर लाग्यो। लगातार ९ कारोबारमा १९३.७३ अंकको वृद्धिपछि बजार धरमराएको हो।

यो साता आइतबारको ५२ अंकको वृद्धिका कारण बजार ठूलो गिरावटमा नगए पनि वृद्धितर्फ बढ्न भने सकेन। साताको अन्तिम कारोबारमा बिहीबार पनि सामान्य वृद्धि देखियो। बिहीबार ४.७५ अंकले बढेर बजार २०५५.५३ बिन्दुमा पुगेको छ। ७४ कम्पनीको सेयर मूल्य बढेको बजारमा ३ अर्ब ४४ करोड ४८ लाख रूपैयाँको कारोबार भएको छ। 

यो साता आइतबार ५२.२६ अंकले बढेर २०९४.३३ बिन्दुमा पुगेको बजार सोमबार २.९४ अंकले घटेर २०९१.३९ बिन्दुमा पुगेको थियो। मंगलबार २६.५६ अंकले घटेर बजार २०६४.८३ बिन्दुमा झरेको थियो। बुधबार १४.०५ अंकले घटेर बजार २०५०.७८ बिन्दुमा झरेको थियो।

अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा छन्। लगानीकर्ताले नीतिगत साथ पाए बजारले पुन: उचाइको बिन्दु लिनसक्ने विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : बिहीबार , असार ७ २०८००९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend