मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

अप्पर लोहोरो खोला हाइड्रोपावरको आईपीओ खुल्यो, क-कसले दिन पाउँछन् आवेदन?

बिहीबार , असार ७ २०८०
अप्पर लोहोरो खोला हाइड्रोपावरको आईपीओ खुल्यो, क-कसले दिन पाउँछन् आवेदन?

सेयरका लागि असार २१ गतेसम्म आवेदन दिन सकिने छ। सो अवधिमा सबै सेयर बिक्री नभएमा आयोजना प्रभावित बासिन्दाले भने साउन ५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

काठमाडौं- अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिहीबारदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ।

कम्पनीले जारी पुँजीको ५० करोड ९८ लाख ४ हजार रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ९ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको छ।

कम्पनीले १ सय अंकित मूल्यमा ५ लाख ९ हजार ८०४ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको हो। जसमध्ये दैलेख जिल्लाको अति आयोजना प्रभावित क्षेत्र नौमुले गाउँपालिका वडा नं ३ का बासिन्दाहरुले २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा आवेदन दिन सक्नेछन्। बाँकी २ लाख ५४ हजार ९०२ कित्ता सेयरमा नौमुले गाउँपालिका वडा नं ३ का बासिन्दा बाहेक दैलेख जिल्लाबासीले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। 

त्यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्ट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ करोढ ९८ लाख ८२ हजार ४ सय रुपैयाँ बराबरको सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरिएको छ। प्रतिसेयर १ सय अंकित दरले १ लाख ९८ हजार ८२४ कित्ता साधारण सेयर विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि निष्कासन गरिएको हो।

दुवै समूहका लगानीकर्ताले यस कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन्। सेयरका लागि असार २१ गतेसम्म आवेदन दिन सकिने छ। सो अवधिमा सबै सेयर बिक्री नभएमा आयोजना प्रभावित बासिन्दाले भने साउन ५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।


प्रकाशित : बिहीबार , असार ७ २०८००७:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend