बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

त्रिभुवन विमानस्थलमा फोहर व्यवस्थापनका लागि 'इन्सिनेरेटर', विमानस्थलमा सुरक्षामा सहयोग पुग्ने

बुधबार, असार ६ २०८०
त्रिभुवन विमानस्थलमा फोहर व्यवस्थापनका लागि 'इन्सिनेरेटर', विमानस्थलमा सुरक्षामा सहयोग पुग्ने

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फोहर व्यवस्थापनका लागि फोहर जलाउने मेसिन (इन्सिनेरेटर) मार्फत काम सुरू भएको छ। आन्तरिक विमानस्थलको पार्किङनजिकै राखिएको मेसिनमार्फत जल्ने फोहरको व्यवस्थापन गर्दा विमानस्थलको उडान सुरक्षामा सहयोग पुग्ने बताइएको छ। 

नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले फोहर जलाएर नष्ट गर्ने 'इन्सिनेरेटर' आज बुधबारबाट सञ्चालनमा ल्याएको हो। इन्सिनेरेटरमा उच्च तापमार्फत फोहर जलाएर खरानीमा परिणत गरिन्छ। यस प्रविधिबाट विमानस्थलमा हुने फोहरका साथै विमानबाट निस्कने फोहरको पनि व्यवस्थापन गरिने प्राधिकरणले जनाएको छ। 

विमानस्थल वरपर विचरण गर्ने चराचुरूङ्गीलगायतका विषयलाई ध्यानमा राखेर नयाँ प्रविधि सुरू गरिएको र यसले विमानस्थलमा सुरक्षाको विषयमा समेत सहयोग पुग्ने प्राधिकरणको भनाइ छ। विमानस्थलको वातावरण सफा राख्नसमेत यसमार्फत सहयोग पुग्ने बताइएको छ। 


प्रकाशित : बुधबार, असार ६ २०८०११:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend