मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

लगातार १९३ अंकको वृद्धिपछि धरमराएको सेयर बजार पुन: ओरालोतिर

बुधबार, असार ६ २०८०
लगातार १९३ अंकको वृद्धिपछि धरमराएको सेयर बजार पुन: ओरालोतिर

काठमाडौं- वृद्धितर्फ बढिरहेको सेयर बजारमा लगातार तीन कारोबार ओरालोतिर लागेको छ। लगातार ९ कारोबारमा १९३.७३ अंकको वृद्धिपछि बजार धरमराएको हो।

बुधबार १४.०५ अंकले घटेर बजार २०५०.७८ बिन्दुमा झरेको छ। ४५ कम्पनीको मात्र सेयर मूल्य बढेको बजारमा ३ अर्ब ४९ करोड ६८ लाख रूपैयाँको कारोबार भएको छ। १७९ कम्पनीको सेयर मूल्य घटेको छ। 

यो साता आइतबार ५२.२६ अंकले बढेर २०९४.३३ बिन्दुमा पुगेको बजार सोमबार २.९४ अंकले घटेर २०९१.३९ बिन्दुमा पुगेको थियो। मंगलबार २६.५६ अंकले घटेर बजार २०६४.८३ बिन्दुमा झरेको थियो। 

उचाइतर्फ लागेर सोमबार स्थिर देखिएको सेयर बजार मंगलबार र बुधबार ओरालो लागेको छ। नवौँ कारोबारसम्म लगातार बढेर दशौँ कारोबारमा सोमबार सामान्य अंकले घटेको बजारमा त्यसपछि गिरावट देखिएको हो। 

अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा छन्। 


प्रकाशित : बुधबार, असार ६ २०८००९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend