शुक्रबार, कात्तिक ९ गते २०८१    
images
images

११ महिनामा ९ क्यासिनो दर्ता, सिन्धुपाल्चोकको भोटेकोशी हेली रिसोर्टमा पनि क्यासिनो

पोखराका २ होटलमा पनि क्यासिनो

images
मंगलबार, असार ५ २०८०
images
images
११ महिनामा ९ क्यासिनो दर्ता, सिन्धुपाल्चोकको भोटेकोशी हेली रिसोर्टमा पनि क्यासिनो

हेरिटेज र सरोवर होटलमा सञ्चालन हुने यो क्यासिनोले पोखरामा क्यासिनोको भविष्य तय गर्ने व्यवसायीले बताएका छन्। विशेषगरी भैरहवासम्म पुग्ने भारतीय पर्यटकलाई पोखरासम्म तान्नका लागि क्यासिनो उपयुक्त हुने उनीहरुको विश्वास छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्ष २०७९-०८० को साढे ११ महिनामा विभिन्न होटलमा क्यासिनो सञ्चालनका लागि ८ वटा कम्पनी दर्ता भएका छन्।

images
images
images

जसमा  पहिलो पटक चिनियाँ पर्यटक लक्षित चिनियाँ सीमानजिक रहेको सिन्धुपाल्चोकमा समते क्यासिनो सञ्चालन हुने भएको छ। क्यासिनोमा १८ करोडको स्वदेशी लगानी रहने छ। 

सिन्धुपाल्चोकको भोटेकोशी हेली रिसोर्टमा क्यासिनो सञ्चालनका लागि नयाँ कम्पनी उद्योग विभागमा दर्ता भएको छ।  भोटेकोही हेली रिसोर्ट (भोटेकोशी होटल)मा वेल्लीज रिक्रियशन प्रालि नामबाट क्यासिनो सञ्चालन हुन लागेको हो। होटलमा क्यासिनो सञ्चालनको तयारी भएको सञ्चालन छिरिङ शेर्पाले बताए।

images

केही समय अगाडि मात्रै  काठमाडौंको बानेश्वरमा रहेको होटल एभरेष्ट इन्टरनेशनल लिमिटेडमा पनि क्यासिनो सञ्चालन गर्ने गरी पर्यटन विभागको स्वीकृतिमा उद्योग विभागमा क्यासिनो उद्योग दर्ता थियो। पछिल्लो सयम क्यासिनो सञ्चालनका लागि आकर्षण बढेको छ। शतप्रतिशत नेपाली लगानीसहित एभरेष्ट होटलमा क्यासिनो सञ्चालनका लागि गोल्डेन ग्यालेक्सी इन्टरटेन्मेन्ट प्रालि दर्ता भएको थियो। 

images

तारे होटल क्यासिनो सञ्चालनका लागि होटलको सहमतिमा क्यासिनो कम्पनी दर्ता हुने प्रक्रिया रहेको छ। सोहीअनुसार एभरेष्ट होटलको सहमतिमा गोल्डेन ग्यालेक्सी इन्टरटेन्मेन्ट प्रालि दर्ता भएको छ। प्रालिको चुक्ता पुँजी २५ करोड रुपैयाँ रहेको छ।

यसैगरी कपिलवस्तुको लुम्बिनी ग्रिन रिसोर्टमा पनि क्यासिनो सञ्चालनका लागि ग्रिन ज्याकपटो इन्टरटेन्मेन्ट प्रालि दर्ता भएको छ। यो कम्पनीले २० करोड रुपैयाँको लगानी प्रतिवद्धता गरेको छ। यो आधुनिक मेसिन तथा उपकरणबाट सञ्चालन हुने मिनि क्यासिनो हो।

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ मा क्यासिनो सञ्चालन गर्ने गरी किङसवरी इन्टरटेनमेन्ट प्रालि दर्ता भएको छ। तर उद्योग विभागको दर्ता विवरणमा होटलको विवरण खुलाइएको छैन्। क्यासिनो कम्पनीमा २५ करोड रुपैयाँको लगानी प्रतिवद्धता रहेको छ।

यसैगरी मोरङको रत्ना होटल प्रालिमा क्यासिनो सञ्चालन गर्ने गरी रत्ना सर्भिसेज प्रालि दर्ता भएको छ। क्यासिनो कम्पनीमा २० करोडको लगानी प्रतिवद्धता रहेको छ।

साथै  सिटी होटल लिमिटेड (हायात प्यालेस) मा समेत क्यासिनो सञ्चालनका लागि कम्पनी दर्ता भएको छ।  होटलमा र्‍याङ्क इन्टरटेनमेन्ट सर्भिसेस प्रालिको नाममा क्यासिनो सञ्चालन हुने छ। क्यासिनोमा ९० प्रतिशत विदेशी तथा १० प्रतिशत स्वदेशी लगानी रहने छ। क्यासिनोमा ३ सय जनाले रोजगारी पाउने दर्ता विवरणमा उल्लेख छ। 

पोखराका २ होटलमा पनि क्यासिनो

पोखराको फूलबारी रिसोर्ट बन्द भएसँगै क्यासिनो पनि बन्द भएको थियो। तर चालु आर्थिक वर्षको साढे पाँच महिनामै पोखरामा २ वटा होटलमा क्यासिनो सञ्चालन हुने गरी क्यासिनो कम्पनी दर्ता भएको छ। फूल क्यासिनो सञ्चालनका लागि पाँचतारे होटलसँग क्यासिनो कम्पानीले सम्झौता गर्नुपर्छ। मिनी क्यासिनो (आधुनिक उपकरण तथा मेसिनको माध्यमबाट खेलाइने) को लागि चारतारे होटलसँग क्यासिनो कम्पनीले सम्झौता गर्नुपर्छ।

पोखरामा क्यासिनो सञ्चालन गर्नेगरी भेन्टनम इन्टरनेशनले प्रालि र प्लेजर नेपाल प्रालि उद्योग विभागमा दर्ता भएको छ। पोखरा महानगरपालिकाको ६ नम्बर वडामा रहेको हेरिटेज होटल एण्ड स्पामा सञ्चालन हुनेगरि भेन्टनम क्यासिनो दर्ता भएको छ भने पोखरा महानगरपालिका वडा नम्बर ६ कै  होटल सरोवर प्रालिमा क्यासिनो सञ्चालन हुने गरी प्लेजर नेपाल प्रालि दर्ता भएको छ।

फूलबारी होटलबन्द भएसँगै पर्यटकीय नगरी पोखरामा सुविधासम्पन्न होटलको संख्या उल्लेख्य भएपनि क्यासिनो सञ्चालनमा थिएनन्। २ क्यासिनो सञ्चालनमा आएसँगै पोखरामा पनि अब क्यासिनो सुविधा थपिने भएको छ। कुनै समय काठमाडौं मात्र केन्द्रित क्यासिनो पछिल्लो समय सीमा नाका केन्द्रित भएको थियो। भारतीय सीमासँग जोडिएका सहरमा खुलेको होटलमा क्यासिनो सञ्चालन तीव्र बनेको थियो।

विशेषगरी भैरहवा र नेपालगञ्जमा क्यासिनोकै लागि स्तरीय होटल खुल्ने क्रम बढिरहेको छ। होटलभन्दा पनि भारतीय पर्यटक क्यासिनोका लागि आउने भएकाले सीमा क्षेत्रमा तारे होटलमा लगानी बढिरहेको छ। भारतीय पर्यटकको रोजाइमा पर्दै आए पनि पोखरामा क्यासिनो थिएनन्। पोखरामा तारे होटलको संख्या बढ्दै गएपनि व्यवसायीले क्यासिनो खोल्ने आँट गरेका थिएनन्।

हेरिटेज र सरोवर होटलमा सञ्चालन हुने यो क्यासिनोले पोखरामा क्यासिनोको भविष्य तय गर्ने व्यवसायीले बताएका छन्। विशेषगरी भैरहवासम्म पुग्ने भारतीय पर्यटकलाई पोखरासम्म तान्नका लागि क्यासिनो उपयुक्त हुने उनीहरुको विश्वास छ।

भैरहवामा क्यासिनोका लागि मात्र भारतीय आएपनि पोखरासम्म पुगेपछि उनीहरु बाँकी समय घुमफिर पनि गर्ने भएकाले थप पर्यटकीय गतिविधि बढ्नेमा उनीहरु आशावादी छन्। २ वटै क्यासिनोमा २० करोड रुपैयाँ लगानी हुने भएको छ।


प्रकाशित : मंगलबार, असार ५ २०८००३:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend