बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

नेपालको हवाई सुरक्षामा फ्रान्सको नागरिक उड्डयनले प्राविधिक सहयोग गर्ने

सोमबार, असार ४ २०८०
नेपालको हवाई सुरक्षामा फ्रान्सको नागरिक उड्डयनले प्राविधिक सहयोग गर्ने

काठमाडौं- नेपालको हवाई सुरक्षामा फ्रान्सको नागरिक उड्डयन प्राधिकरणले सहयोग गर्ने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण र फ्रान्सको नागरिक उड्डयनबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सम्झौताअनुसार फ्रान्सले नेपालका लागि हवाई सुरक्षा र प्राविधिक सहायतामा सहयोग गर्ने भएको हो। सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारी र फ्रान्सको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक डेमियन क्याजीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। यो सम्झौता चार वर्षसम्म रहने छ।

युरोपेली युनियनले नेपालको हवाई आकाशलाई कालोसूचीमा राख्दै आएको छ। युरोपेली मुलुककै प्राविधिक सहयोगका लागि प्राधिकरणले हवाई सुरक्षामा सुधार गर्नका लागि यो सम्झौता गरेको हो। सम्झौताले नेपालको हवाई सुरक्षामा सुधार हुने अपेक्षा प्राधिकरणका महानिर्देशक अधिकारीले गरेका छन्। 


प्रकाशित : सोमबार, असार ४ २०८०१३:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend