मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

अब सेयर किन्दा बैंक खातामा भएको पैसाभन्दा बढी आवेदन दिए कारबाही 

सोमबार, असार ४ २०८०
अब सेयर किन्दा बैंक खातामा भएको पैसाभन्दा बढी आवेदन दिए कारबाही 

काठमाडौं- अब सेयर किन्दा बैंक खातामा भएको पैसाभन्दा बढीको आवेदन दिएमा कारबाही हुने भएको छ। सिडिएस एन्ड क्लियरिङ लिमिटेडले बैंक खातामा पैसा भएभन्दा बढीको आवेदन दिए कारबाही गर्ने भएको हो। धितोपत्रको सार्वजनिक निष्कासनमा झुटा आवेदन दिएको भेटिएपछि सीडीएससीले कारबाहीको चेतावनी दिएको हो।

सीडीएससी द्वारा जारी सूचनामा भनिएको छ, ‘संगठित संस्थाले जारी गरेको सार्वजनिक निष्कासनमा आफ्नो बैंक खातामा मौज्दात नराखी वा खातामा मौज्दात रहेको भन्दा बढी रकमको आवेदन दिई संस्थाले जारी गरेको धितोपत्रको सार्वजनिक निष्कासनमा प्राप्त आवेदनको संख्या तथा परिमाणलाई प्रभावित पार्ने कार्य गरेमा सो कार्य धितोपत्रसम्बन्धी ऐन २०६३ अनुसार झुटा एवं जालसाजीयुक्त कारोबार हुने भएकाले यस्ता कार्य गर्ने व्यक्ति वा संस्थालाई सो ऐनअनुसार कानुनी कारबाही हुने व्यहोरा जानकारी गराउँदै यस किसिमको कार्य नगर्न नगराउनुहुन सम्बन्धित सम्पूर्णलाई सूचित गराइन्छ।’

धितोपत्रको सार्वजनिक निष्कासनमा झुटा आवेदन परेमा धितोपत्रसम्बन्धी ऐन २०६३ अनुसार कारबाही हुनसक्छ। संगठित संस्थाले जारी गरेको सार्वजनिक निष्कासनमा आफ्नो बैंक खातामा मौज्दात नराखी वा खातामा मौज्दात रहेको भन्दा बढी रकमको आवेदन दिएमा झुटा आवेदन ठहर्नेछ।

cdsc.jpg


प्रकाशित : सोमबार, असार ४ २०८०१०:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend