मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

महालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

सोमबार, असार ४ २०८०
महालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

काठमाडौं- महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट साथै कला क्षेत्रका संस्थासँग समन्वय गरी विभिन्न सेवाहरुको छुट दिनेसम्बन्धी सम्झौता गरेको छ। सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

बैंकका ग्राहकहरुले विशालनगर, काठमाडौंमा अवस्थित अरोगिन हेल्थ केयरका विभिन्न सेवाहरुमा ५ देखि अधिकतम ४५ प्रतिशत हेयर ट्रान्सप्लान्ट एन्ड हेयर ट्रिटमेन्ट इटहरी, सुनसरीमा अवस्थित रहेको होटल पाथिभरा इन्टरनेशनलका सेवाहरुमा १० प्रतिशत, मैतिदेवी काठमाडौंमा अवस्थित बुइङल लन्च एन्ड बारका सेवाहरुमा १५ प्रतिशत, लाजिम्पाट, काठमाडौंमा अवस्थित यलो हात्तिका सेवाहरुमा अधिकतम १० प्रतिशत, इटहरी ०६, सुनसरीमा अवस्थित बर्गर हाउसका सेवाहरुमा अधिकतम १० प्रतिशत र मैतिदेवी, काठमाडौंमा अवस्थित बर्गर हाउस का सेवाहरुमा १० प्रतिशत को छुट प्राप्त गर्न सक्नेछन्।

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ। 

यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षातकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको जनाएको छ। 


प्रकाशित : सोमबार, असार ४ २०८००९:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend