मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

लगातार १९३ अंकको वृद्धिपछि सेयर बजार स्थिर, ४ अर्ब ७४ करोडको कारोबार

सोमबार, असार ४ २०८०
लगातार १९३ अंकको वृद्धिपछि सेयर बजार स्थिर, ४ अर्ब ७४ करोडको कारोबार

काठमाडौं- सेयर बजार लगातार १९३.७३ अंकको वृद्धिपछि सामान्य करेक्सनमा देखिएको छ। नवौँ कारोबारसम्म लगातार बढेको बजार दशौँ कारोबारमा सामान्य अंकले घटेको हो। 

यो साता आइतबार ५२.२६ अंकले बढेर २०९४.३३ बिन्दुमा पुगेको बजार सोमबार भने घटेको हो। सोमबार २.९४ अंकले घटेर बजार २०९१.३९ बिन्दुमा पुगेको छ। ८० कम्पनीको मात्र सेयर मूल्य बढ्दा बजारमा ४ अर्ब ७४ करोड रूपैयाँको कारोबार भएको छ। १४२ कम्पनीको सेयर मूल्य घटेको छ। 

सरकार लगानीकर्ताको पक्षमा रहेको र पुँजी बजारको समग्र हितमा काम गर्ने अर्थमन्त्रीको घोषणासँगै विश्वस्त बनिरहेका लगानीकर्ता अहिले मौद्रिक नीतिको पर्खाइमा रहेका छन्। आउँदो आर्थिक वर्षको बजेटमा नै पनि पुँजी बजार पारदर्शी, प्रतिस्पर्धी बनाएर लगानीकर्ताको हित सुनिश्चित गर्ने घोषणाबीच मौद्रिक नीतिको पर्खाइमा रहेका लगानीकर्ता साथ मिल्ने आशमा देखिएका छन्।

गएको साता आइतबार ४०.४८ अंकले बढेको बजार सोमबार ७.७९ अंकले बढेको थियो। मंगलबार ३४.१७ अंक, बुधबार १६.४२ र बिहीबार ५ अंकले बढेको थियो। त्यसअघिको साता अन्तिम तीन कारोबारमा पनि बजारमा वृद्धि देखिएको थियो।

अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा छन्। 


प्रकाशित : सोमबार, असार ४ २०८००९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend