मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

१० महिनामा वाणिज्य बैंकहरूको नाफा ५७ अर्ब, नबिल अघि हुँदा अन्य कुनको कति?

सोमबार, असार ४ २०८०
१० महिनामा वाणिज्य बैंकहरूको नाफा ५७ अर्ब, नबिल अघि हुँदा अन्य कुनको कति?

काठमाडाैं- चालु आर्थिक वर्षको पहिलो १० महिनाको अवधिमा वाणिज्य बैंकहरूले ५७ अर्ब  १६ करोड खुद नाफा गरेका छन्। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनदेखि बैशाखसम्मको अवधिमा २१ वटा वाणिज्य बैंकले कुल ५७ अर्ब १६ करोड खुद नाफा गरेका हुन्। 

सबैभन्दा बढी नबिल बैंकले सर्वाधिक ६ अर्ब १२ करोड खुद नाफा गरेको छ। ५ अर्ब ३४ करोड सहित ग्लोबल आईएमई बैंक दोस्रो स्थानमा रहेको छ भने ४ अर्ब ३९ करोड खुद नाफासहित एनआईसी एसिया बैंक तेस्रो स्थानमा रहेको छ। राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ५ करोड खुद नाफा गरेको छ। त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ३ अर्ब ८९ करोड रहेको छ।

यस अवधिमा सबैभन्दा कम नाफा कृषि विकास बैंकको रहेको छ। कृषि विकास बैंकले १ अर्ब २२ करोड खुद नाफा गरेको छ भने सनराइज बैंकले १ अर्ब ३७ करोड खुद नाफा कमाएको छ।

त्यस्तै सिटिजन्स बैंकको खुद नाफा १ अर्ब ४३ करोड, लक्ष्मी बैंकको खुद नाफा १ अर्ब ४६ करोड, तथा माछापुच्छ्रे बैंकको खुद नाफा १ अर्ब ५६ करोड रहेको छ।

कुन बैंकको नाफा कति ?

- नबिल बैंक : ६ अर्ब १२ करोड

- ग्लोबल आईएमई : ५ अर्ब ३४ करोड

- एनआईसी एसिया : ४ अर्ब ३९ करोड

- राष्ट्रिय वाणिज्य बैंक : ४ अर्ब ५ करोड 

- नेपाल इन्भेष्टमेन्ट मेगा : ३ अर्ब ८९ करोड

- एनएमबी बैंक : २ अर्ब ९६ करोड

- प्राइम कमर्सियल बैंक : २ अर्ब ७९ करोड

- स्ट्यार्न्डर्ड चार्टर्ड : २ अर्ब ७८ करोड

- एभरेष्ट बैंक : २ अर्ब ७५ करोड

- हिमालयन बैंक : २ अर्ब ६४ करोड

- नेपाल बैंक : २ अर्ब ४६ करोड

- प्रभु बैंक : २ अर्ब ३१ करोड

- नेपाल एसबीआई बैंक : २ अर्ब

- सानिमा बैंक : १ अर्ब ९६ करोड

- कुमारी बैंक : १ अर्ब ८१ करोड

- सिद्धार्थ बैंक : १ अर्ब ७९ करोड

- माछापुछ्रे बैंक : १ अर्ब ५६ करोड

- लक्ष्मी बैंक : १ अर्ब ४६ करोड

- सिटिजन बैंक : १ अर्ब ४३ करोड

- सनराईज बैंक : १ अर्ब ३७ करोड

- कृषि विकास बैंक : १ अर्ब २२ करोड


प्रकाशित : सोमबार, असार ४ २०८००७:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend