मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

बैंक वित्तीय संस्थाका कर्मचारीलाई बार्सिलोनामा पढाउन बैंकर्स संघले गर्‍यो सम्झौता

आइतबार, असार ३ २०८०
बैंक वित्तीय संस्थाका कर्मचारीलाई बार्सिलोनामा पढाउन बैंकर्स संघले गर्‍यो सम्झौता

काठमाडौं- नेपाल बैंकर्स संघ तथा इन्भेष्ट फर इम्प्याक्ट नेपाल (ईआईएन) का बीच पर्यावरणीय, सामाजिक तथा सुशासन (ईएसजी) मा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा सञ्चालन गर्न सम्झौता भएको छ।

सम्झौताअनुसार नेपालमा कार्यरत वित्तीय क्षेत्रका जनशक्तिलाई स्पेनको बार्सिलोनास्थित युनिभर्सिटी अफ पोम्पेउ फाब्रा बार्सिलोना स्कुल अफ म्यानेजमेन्टको वातावरणीय, सामाजिक र सुशासन (ईएसजी) मा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा सञ्चालन गरिने छ।

कार्यक्रमले नेपालको वित्तीय क्षेत्रमा ईएसजीसँग सम्बन्धित विषयमा बैंक तथा वित्तीय संस्थाहरुको कर्मचारीको क्षमताको अभिवृद्धि गर्दै दक्ष जनशक्ति उत्पादनमा सहयोगी भूमिका निभाउने विश्वास लिइएको संघले जनाएको छ।

सम्झौता पत्रमा संघका अध्यक्ष सुनिल केसी र आईआईएनका प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले हस्ताक्षर गरेका छन्।


प्रकाशित : आइतबार, असार ३ २०८०११:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend