मंगलबार, असार ३० गते २०८३    
मंगलबार, असार ३० २०८३

सेयर बजारमा लगातार नवौँ दिन हरियाली, नीतिगत साथको आशमा हौसिँदै छन् लगानीकर्ता

आइतबार, असार ३ २०८०
सेयर बजारमा लगातार नवौँ दिन हरियाली, नीतिगत साथको आशमा हौसिँदै छन् लगानीकर्ता

काठमाडौं- सेयर बजार लगातार नवौँ कारोबारमा हरियाली बनेको छ। बजारमा लगातार १९३.७३ अंकको वृद्धि देखिएको छ। 

आइतबार ५२.२६ अंकले बढेर बजार २०९४.३३ बिन्दुमा पुगेको छ। १९० कम्पनीको सेयर मूल्य बढेको बजारमा ४ अर्ब ८६ करोड ९१ लाख ८४ हजार रूपैयाँको कारोबार भएको छ। २८ कम्पनीको सेयर मूल्य घटेको छ। 

सरकार लगानीकर्ताको पक्षमा रहेको र पुँजी बजारको समग्र हितमा काम गर्ने अर्थमन्त्रीको घोषणासँगै विश्वस्त बनिरहेका लगानीकर्ता हौसिएका छन्। आउँदो आर्थिक वर्षको बजेटमा नै पनि पुँजी बजार पारदर्शी, प्रतिस्पर्धी बनाएर लगानीकर्ताको हित सुनिश्चित गर्ने घोषणाबीच मौद्रिक नीतिको पर्खाइमा रहेका लगानीकर्ता साथ मिल्ने आशमा देखिएका छन्।

स्थायी सुधारको आधार पर्खिरहेका लगानीकर्ता मौद्रिक नीतिमार्फत हुने व्यवस्थाको पर्खाइमा छन्। अहिलेको अवस्थामा संगठित लगानीकर्ताहरू बजारको स्थायी सुधारका आधार स्पष्ट हुनुपर्ने बताउँदै आइरहेका छन्। 

गएको साता आइतबार ४०.४८ अंकले बढेको बजार सोमबार ७.७९ अंकले बढेको थियो। मंगलबार ३४.१७ अंक, बुधबार १६.४२ र बिहीबार ५ अंकले बढेको थियो। त्यसअघिको साता अन्तिम तीन कारोबारमा पनि बजारमा वृद्धि देखिएको थियो। 


प्रकाशित : आइतबार, असार ३ २०८००९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend