शनिबार, वैशाख २९ गते २०८१    
images
images

सिमकोटमा पाइएन मखमली र सयपत्री, बढ्यो प्लास्टिक मालाको माग 

images
बिजनेस न्युज
images
images
सिमकोटमा पाइएन मखमली र सयपत्री, बढ्यो प्लास्टिक मालाको माग 

तिहारसम्म पनि मखमली र सयपत्री फूल मनग्ये नफुल्दा बजारमा प्लास्टिक तथा कृत्रिम फूलका मालाको माग बढेको हो।

images
images

सिमकोट- तिहार पर्वमा हुम्ला सदरमुकाम सिमकोटमा चहलपहल बढिरहेको छ। पर्वका अवसरमा किनेमेल गर्नेका भीडले बजार चहलपहल बढेको हो। तिहारका लागि आफ्ना दाजुभाइका लागि टोपी, फूलमाला र सुपारीलगायतका सामग्री खरिद गर्नका लागि आउँदा सिमकोटका पसल व्यवसायी व्यस्त छन्।

images
images
images

बजारमा बालबालिकाले देउसी खेलेर रौनक बढाएका छन्। यतिखेर देउसीका लागि सामग्री जिल्ला बाहिरबाटै महङ्गोमा आएको छ। आर्थिक अभावका कारण सामग्री किन्नलाई समस्या भएको सर्वसाधरणको भनाइ छ।
 
कृत्रिम प्लास्टिक मालाको माग बढ्यो

images

जिल्लामा कृत्रिम फूलमालाको माग बढेको छ। यो वर्ष तिहारसम्म पनि मखमली र सयपत्री फूल मनग्ये नफुल्दा बजारमा प्लास्टिक तथा कृत्रिम फूलका मालाको माग बढेको हो।

images

जिल्लामा मखमली र सयपत्री फूलको उत्पादन कम हुनुका साथै उत्पादन हुने गरे पनि यो समय अभाव भएपछि प्लास्टिक, कपडाको मालामा भारी वृद्धि भएको हो। तिहारलाई लक्षित गरी व्यापारीले नेपालगञ्ज, सुर्खेतबाट हवाईजहाजमार्फत प्लास्टिकका माला भित्र्याएका छन्।

images
images

सबैजसो पसल व्यवसायीले जिल्ला बाहिरबाट ल्याएका रङ्गीचङ्गी प्लास्टिकका कृत्रिम माला बेच्नका लागि राखेका छन्। पूरै सिमकोट बजार मालाले सिङ्गारिएको छ भने व्यापारीले ग्राहकलाई आकर्षित गर्न पसलमा माला सजाएर राखेका छन्।

जिल्लामा मखमली र सयपत्री फूल उत्पादन कम हुने गरेपछि यहाँका व्यापारीले प्लास्टिकका मालाप्रति ग्राहक आकर्षित बनाउने गरेका छन्।  

तिहारमा माला सबैभन्दा बढी बिक्री हुने भए पनि जिल्ला बाहिरबाट माला ल्याउने गरेको व्यापारीले बताउने गरेका छन्। प्रत्येक माला व्यापारीले न्यूनतम ५० देखि ३ सय रुपैयाँभन्दा माथिसम्म बिक्री गर्ने गरेका छन्। यसले गर्दा सिमकोट र खार्पुनाथ गाउँपालिकासहित बजारवासी गरेर यसको लाखौँको कारोबार हुने पुष्टि गरेको छ। अहिले सबैजसो बजारमा माला किन्नेको भीडभाड बढेको छ। जिल्लामा व्यवसायिक फूलखेती नभएको जनाइएको छ। रासस

images

प्रकाशित : शुक्रबार, कात्तिक १९ २०७८०६:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend