आइतबार, मंसिर ९ गते २०८१    
images
images

कर्णालीले बढाएर ल्यायो ३३ अर्ब ३७ करोडको बजेट

images
शुक्रबार, असार १ २०८०
images
images
कर्णालीले बढाएर ल्यायो ३३ अर्ब ३७ करोडको बजेट

त्यस्तै स्थानीय तहमार्फत वित्तीय हस्तान्तरणमार्फत ४ अर्ब ८० करोड ४ लाख ४० हजार अर्थात १४/३८ प्रशितत विनियोजन गरिएको छ।

images
images

काठमाडौं- कर्णाली प्रदेश सरकारले ३३ अर्ब ३७ करोड रुपैयाँको बजेट ल्याएको छ। शुक्रबारको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री  वेदराज सिंहले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँको बजेट पेश गरेका हुन्।

images
images
images

चालु आर्थिक वर्षका लागि कर्णालीले ३२ अर्ब ६१ करोडको बजेट ल्याएको थियो। कुल बजेटमध्ये चालुतर्फ ९ अर्ब २० लाख २४ हजार अर्थात २६.९७ प्रतिशत विनियोजन गरिएको छ भने पुँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार अर्थात ५८.६५ प्रतिशत छ। 

images

त्यस्तै स्थानीय तहमार्फत वित्तीय हस्तान्तरणमार्फत ४ अर्ब ८० करोड ४ लाख ४० हजार अर्थात १४/३८ प्रशितत विनियोजन गरिएको छ।

images

कर्णालीको बजेटमा स्रोतमा आन्तरिक रावस्वबाट ८३ करोड ६२ लाख १२ हजार उठाउने लक्ष्य दिइएको छ भने चालु आबमा ७ अर्ब ४१ करोड ६ लाख ५ हजार खर्च नभइ बचत हुने अनुमान छ।

संघीय सरकारबाट राजस्व बाँडफाँटबाट ८ अर्ब ८४ करोड ३ लाख, वित्तिय समानीकरण अनुदानबाट १० अर्ब १६ करोड ४१ लाख र सशर्त अनुदानबाट ४ अर्ब ७५ करोड ३ लाख रुपैयाँ परिचालन गरिने आर्थिक मामिलामन्त्री सिंहले बताएका हुन्।

यस्तै समुपुरक अनुदान ७६ करोड १६ लाख र विशेष अनुदान ५९ करोड ७९ लाख प्राप्त भएको छ भने वैदेशिक सहायतबाट १ करोड ८६ लाख ९० हजार प्राप्त हुने बजेटमा उल्लेख छ । 

संघीय सरकारबाट हस्तान्तरण हुने अनुदान पनि आगामी वर्षका लागि सबैभन्दा धेरै कर्णालीमा गएको थियो। 


प्रकाशित : शुक्रबार, असार १ २०८०११:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend