बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरू भयो विद्युतीय सटल बस सेवा, यात्रुले नि:शुल्क सेवा पाउने

शुक्रबार, असार १ २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरू भयो विद्युतीय सटल बस सेवा, यात्रुले नि:शुल्क सेवा पाउने

विमानस्थल कार्यालयले आजबाट आन्तरिक टर्मिनल भवन र अन्तर्राष्ट्रिय टर्मिनल भवनबीच यात्रुलाई सेवा दिन गरी सटल बस सेवा सुरु  गरेको हो।

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विद्युतिय सटल बस सेवा सुरू गरेको छ।

विमानस्थल कार्यालयले आजबाट आन्तरिक टर्मिनल भवन र अन्तर्राष्ट्रिय टर्मिनल भवनबीच यात्रुलाई सेवा दिन गरी सटल बस सेवा सुरु  गरेको हो।

विमानस्थल कार्यालयका प्रमुख प्रतावबाबु तिवारीले  त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलमा यात्रु सेवा सुबिधा  स्तरबृद्धि गर्ने क्रममा आजबाट  वातावरणमैत्री  नि:शुल्क इलेक्ट्रिक यात्रु सटल बसको सुरु भएको बताए।

यो सेवाबाट आन्तरिक विमानस्थलबाट  अन्तर्राष्ट्रिय विमानस्थलको आगमन क्षेत्रबीचमा यात्रुलाई आउन जान थप  सहज  हुने उनको भनाइ छ।

sattel.jpg
sattel b.jpg

प्रकाशित : शुक्रबार, असार १ २०८०१०:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend