बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

उड्डयन प्राधिकरणले मेयर बालेन्द्रसहित ३ जनासँग माग्यो लिखित स्पष्टीकरण, कारबाही किन नगर्ने?

शुक्रबार, असार १ २०८०
उड्डयन प्राधिकरणले मेयर बालेन्द्रसहित ३ जनासँग माग्यो लिखित स्पष्टीकरण, कारबाही किन नगर्ने?

महानगरले उक्त जग्गा पार्क बनाउनका लागि प्राधिकरणसँग मागेको थियो। प्राधिकरणले उक्त जग्गा विमानस्थल क्षेत्र भित्र रहेको भन्दै दिन नमिल्ने बताउँदै आएको थियो।

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह लगायत ३ जनालाई विमानस्थलक क्षेत्र भित्रको जग्गा तारबार काटेको विषयमा स्पष्टीकरण सोधेको छ। 

काठमाडौं महानगरपालिका नगर प्रहरीले  प्राधिकरणको नाममा काठमाडौं महानगरपालिका वडा नम्बर ९ सिनामंगलमा रहेको जग्गाको तारबार समेत काटे लगेका थिए। महानगरले उक्त जग्गा पार्क बनाउनका लागि प्राधिकरणसँग मागेको थियो। प्राधिकरणले उक्त जग्गा विमानस्थल क्षेत्र भित्र रहेको भन्दै दिन नमिल्ने बताउँदै आएको थियो।

 सोही रिसमा महानगरका नगरप्रहरफ जग्गाको बार नै भत्काउँदै सामान समेत लिएर गएका थिए। सोही विषयलाई लिएर प्राधिकरणले मेयर शाह, नगरप्रहरी प्रमुख राजुनाथ पाण्डे र वडा नम्बर ९ का वडा अध्यक्ष रामजी भण्डारीलाई लिखित स्पष्टीकरण सोधेको हो।

प्राधिकरणले नागरिक उड्डयन ऐन २०५३ को दफा ७ अनुसार दफा २५ को १ अनुसार किन कारबाही नगर्ने भन्दै लिखित जवाफ मागेको हो। प्राधिकरणले सबैलाई एउटै व्यहोराको लिखित जवाफ मागेको हो।


यस्तो छ प्राधिकरणले सोधेको पत्रको विवरण

balen.jpg

 


प्रकाशित : शुक्रबार, असार १ २०८००९:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend