बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

नयाँ भवनको नक्सा पास गर्न नागरिक उड्डयन प्राधिकरण तयार

शुक्रबार, असार १ २०८०
नयाँ भवनको नक्सा पास गर्न नागरिक उड्डयन प्राधिकरण तयार

सम्पत्ति कर तथा स्थानिय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५६ अनुसार भुमिकर नलिईकन नक्सा पास प्रकृया अगाडि बढाइदिन अनुरोध गरिएको समेत बताए। नक्सा पास सम्बन्धमा अन्यौलता सिर्जना भई नक्सा पास प्रक्रिया अगाडि बढ्न नसकेको समेत जानकारी दिएको छ। 

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले सिामंगलमा निर्माण भएको भवनको नक्सा पास गर्न तयार भएको छ। तर महानगरपालिकाले नै ढिलाइ गर्दा समस्या भएको समेत जनाएको छ। 

महानगरलाई २०७९ माघ ९ मै पत्र काटेर मालपोत तथा सम्पत्ति कर सम्बन्धमा प्रष्ट पार्न आग्रह गरेको तर अहिलेसम्म जवाफ नदिएकोले समस्या आएको समेत जनाएको छ। फेरी प्रक्रिया अगाडि बढाउन तयार रहेको पत्र महानगरलाई प्राधिकरणले पठाएको छ। महानगरले बिहीबार महानगरका प्रहरीले नक्सा पास नभएको भन्दै प्राधिकरणको भवनमा काम गर्न रोक लगाएको थियो। 

सम्पत्ति कर तथा स्थानिय सरकार सञ्चालन ऐन, २०७४ को दफा ५६ अनुसार भुमिकर नलिईकन नक्सा पास प्रकृया अगाडि बढाइदिन अनुरोध गरिएको समेत बताए। नक्सा पास सम्बन्धमा अन्यौलता सिर्जना भई नक्सा पास प्रक्रिया अगाडि बढ्न नसकेको समेत जानकारी दिएको छ। 

व्यहोरा जानकारी गराउंदै मालपोत तथा सम्पति कर छुटका लागि पुनः अनुरोध गर्दै पत्रमा उल्लेख भए बमोजिम यथासिघ्र आवश्यक कागजात पेश गरि नक्सापास प्रकृया अगाडि बढाईने व्यहोरा प्राधिकरणले जनाएको छ। 

caan.jpg

प्रकाशित : शुक्रबार, असार १ २०८००८:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend