शुक्रबार, असोज ४ गते २०८१    
images
images

पाँच महिनामा १८ लाख ४३ हजार अन्तर्राष्ट्रिय यात्रु, नेपाल भित्रिनेभन्दा बाहिरिनेको संख्या डेढ लाख बढी

images
बिहीबार , जेठ ३२ २०८०
images
images
पाँच महिनामा १८ लाख ४३ हजार अन्तर्राष्ट्रिय यात्रु, नेपाल भित्रिनेभन्दा बाहिरिनेको संख्या डेढ लाख बढी
फाइल तस्बिर

विमानस्थल कार्यालयको तथ्यांकअनुसार जनवरीदेखि मे सम्म कुल १२ हजार ७ सय ६६ उडानबाट १८ लाख बढीले यात्रा गरेका छन्। यो बीचमा नेपाल भित्रिनेभन्दा बाहिरिने यात्रुको संख्या धेरै छ। 

images
images

काठमाडौं- सन् २०२३ को पाँच महिनामा त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ लाख ४३ हजार ४ सय ९० जनाले अन्तरदेशीय यात्रा गरेका छन्। 

images
images
images

विमानस्थल कार्यालयको तथ्यांकअनुसार जनवरीदेखि मे सम्म कुल १२ हजार ७ सय ६६ उडानबाट १८ लाख बढीले यात्रा गरेका छन्। यो बीचमा नेपाल भित्रिनेभन्दा बाहिरिने यात्रुको संख्या धेरै छ। 

विमानस्थल कार्यालयका अनुसार पाँच महिनामा नेपाल भित्रिनेभन्दा बाहिरिने यात्रुको संख्या १ लाख ५१ हजार ७६ ले बढी छ। पाँच महिनामा ९ लाख ९७ हजार २ सय ८३ जना बाहिरिएका छन् भने ८ लाख ४६ हजार २ सय ७ जना भित्रिएका छन्। 

बाहिरिने यात्रुको संख्या पछिल्लो पाँच महिनामा निरन्तर बढिरहेको छ। विमानस्थल कार्यालयको तथ्यांकअनुसार जनवरीमा १ लाख ८३ हजार १ सय १६ जना बाहिरिएका थिए। त्यस्तै फेब्रअरिमा १ लाख ७३ हजार ७ सय ६२ जना बाहिरिएका थिए। 

images

मार्चमा २ लाख १२ हजार ८ सय ५६, अप्रिलमा २ लाख १० हजार ३ सय ४ र मे मा २ लाख १७ हजार ३ सय ४९ जना बाहिरिएका थिए। जनवरीमा १ लाख ६२ हजार ६ सय ५ जना भित्रिएका थिए। त्यस्तै फेब्रुअरिमा १ लाख ५९  हजार ८६३ जना भित्रिएका थिए। मार्चमा १ लाख ८५ हजार २ सय ८५, अप्रिलमा १ लाख ७९ हजार १ सय ५ र मे मा १ लाख ५९ हजार ३ सय ४९ जना भित्रिएका थिए।


प्रकाशित : बिहीबार , जेठ ३२ २०८०१०:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend