बिहीबार , असार ३२ गते २०८३    
बिहीबार , असार ३२ २०८३

सञ्चालनमा आएको १३ महिनापछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको पहिलो व्यावसायिक उडान

मंगलबार, जेठ ३० २०८०
सञ्चालनमा आएको १३ महिनापछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको पहिलो व्यावसायिक उडान

काठमाडौं- व्यावसायिक उडान सुरु भएको १३ महिनापछि राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले पहिलो पटक गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गरेको छ। विमानस्थलमा परीक्षण उडान पनि निगमकै वाइडबडी जहाजबाट नै सुरु भएको थियो।

२०७९ को जेठ २ गते कुबेतको जजिरा एयरको उडानसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान सुरु भएको थियो। व्यावसायिक उडान सुरु भएको १३ महिनापछि मंगलबार पहिलोपटक नेपाल एयरलाइन्सको एयर बस ३२० ले व्यावसायिक उडान गरेको छ।

निगमले मलेसियाको क्वालालम्पुरबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गरेको हो। निगमले सातामा २ वटा उडान क्वालालम्पुरबाट भैरहवा गर्न लागेको हो। निगमले मंगलबार र शनिबार गरी २ वटा उडान गर्ने छ। निगमले काठमाडौं-क्वालालम्पुर-गौतम बुद्ध विमानस्थल-काठमाडौं उडान गर्न लागे हो।

निगमको पहिलो उडानको कमान्डिङ वरिष्ठ क्याप्टेन दिपु जुवार्चनले गरेका हुन्। पहिले उडानमा ९१ जना यात्रु छन्। त्यसमा ३१ जना भैरहवा र ६० जना काठमाडौं आउने यात्रु रहेका छन्।

यसअघि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरेका जजिरा र हिमालय एयरलान्सले भने उडान बन्द गरिसकेका छन्। हिमालयले गौतम बुद्ध विमानस्थलबाट क्वालालम्पुर ४५ दिनसम्म नियमित उडान गरेको थियो। तर यात्रु नपाएको र उल्लेख्य मात्रामा नोक्सानी भएको भन्दै उडान बन्द गरेको थियो। हिमालयले कात्तिक २७ गतेबाट उडान सुरु गरेको थियो।


प्रकाशित : मंगलबार, जेठ ३० २०८००२:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend